नागरिक पोष्ट News


तारकेश्वर वडा नं. ८ मा अध्यक्षमा काँग्रेससहित सदस्यमा एमालेको मिश्रित प्यानल विजयी

1.2K

काठमाडौं - काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ८ मा नेपाली काँग्रेस र एमालेको मिश्रित प्यानल निर्वाचित भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार श्यामकृष्ण सापकोटा र महिला सदस्य र दलित महिला सदस्य नै विजयी भएको हो । त्यस्तै खुल्ला सदस्यमा एमालबाट २ सदस्य निर्वाचित भएका छन् ।

सापकोटाले १०९३ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले ६६३ मत ल्याएका छन ।

मेयरमा तारकेश्वर ८ मा सूर्यले ६४९ मत प्राप्त गर्दा रूखले १०१९ मत प्राप्त गरेको छ । उपप्रमुखमा सुर्यले ६९४ मत प्राप्त गर्दा रुखले ९६३ मत प्राप्त गरेको छ । तारकेश्वर ८ मा २२८९ मत खसेको भएपनि ३२ मत मात्र बदर भएको थियो ।

यस्तो छ मतपरिणाम स्

                  सूर्य         रुख

मेयर           ६४९      १०१९

उपमेयर      ६९४       ९६३

वडाध्यक्ष      ६६३      १०९३

महिला सदस्य   ७०२      ८५०

दलित सदस्य    ७११      ८९१

खुला सदस्य     ६८८      ६७९

खुला सदस्य      ८२०      ७७६

 

Must View