नागरिक पोष्ट News


तारकेश्वर वडा नं. ७ मा काँग्रेसको प्यानल नै विजयी

1.2K

काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ७ मा नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सानुकाजी खत्रीको प्यानल नै विजयी भएको हो ।

खत्रीले ६५७ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले ३८८ मत ल्याएका छन ।

मेयरमा तारकेश्वर ७ मा सूर्यले ३९८ मत प्राप्त गर्दा रूखले ७८३ मतमात्र प्राप्त गरेको छ । उपप्रमुखमा सुर्यले ४१३ मत प्राप्त गर्दा रुखले ६३७ मत प्राप्त गरेको छ । तारकेश्वर ४ मा २३०७ मत खसेको भएपनि ३९ मत मात्र बदर भएको थियो ।

यस्तो छ मतपरिणाम :

                 सूर्य          रुख

मेयर         ३९८         ७८३

उपमेयर     ४१३          ६३७

वडाध्यक्ष     ३८८          ६५७

महिला सदस्य     ३८३        ६५८

दलित सदस्य     ३७७        ६०५

खुला सदस्य         ३५०       ५६१

खुला सदस्य        ३४७      ५५७

Must View