नागरिक पोष्ट News


ककनी ३ मा  बजगाईं बहुमतले  निर्वाचित

2.9K

नुवाकोट - नुवाकोटको ककनी गाउँपालिका ३ मा माओवादी केन्द्रका उम्मेदवार घननाथ बजगाईं  बिजयी भएका छन् । एक हजार ४१ मतसहित उनी दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवारले पाँच सय ३७ मत ल्याए । 

 नुवाकोटको ककनी गाउपालिकाको वडा न १, २, ३, ४ मा गरि ५२८२ मत गनिसक्केको छ । ५२८२ मत गनेर सक्दा प्रमुख पदमा एमालेका उम्मेदवारले ७९३ मत , कांग्रेसका उम्मेदवारले १५०९ मत , माओबादीले १६४१ मत मत पाएका छन् ।

यस्तै उपप्रमुख पदमा एमालेको उम्मेदवारले ७२७ मत, कांग्रेसका उम्मेदवारले १०४६ मत , माओबादीले १३३८ मत पाएका छन् ।

प्रमुख पदमा कांग्रेसका उम्मेदवारको मत माओबादीको उम्मेदवार भन्दा १३२ मत कम रहेको छ ।  नुवाकोटको केन्द्र बिदुर नगरपालिकामा हाल वडा न ४ को मतगणना भैरहको छ ।  बिदुर ४ मा २०२ मत गणना गर्दा वडा अध्यक्षमा एमालेका निलम बाबु ढुंगेलले अग्रता कायम गरेका छन् ।

ढुंगेलले ९६ मत प्राप्त गरेका छन् । यस्तै नेपालि कांग्रेसका उम्मेदवार धुर्ब लाल श्रेष्ठ ७७ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । २०२ मत गन्दा मेयर पदका लागि नेपालि कांग्रेसका राजन श्रेष्ठले १०९ मत र एमालेका संजु पण्डितले ७१ मत पाएका छन् ।

यस्तै उपमेयर पदमा एमालेको अम्बिका नेपालको ८१ मत र माओवादीको ७३ मत रहेको छ ।

Must View