नागरिक पोष्ट News


११० स्थानीय तहको मत परिणाम सार्वजनिक: कांग्रेसले ४२ र एमालेको ४१ तहमा जित

1.7K

हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्।  अहिलेसम्म ११० स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ। अपडेटमा कांग्रेसले सबभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ। यसअघि कांग्रेसले एमालेलाई पछ्याएको थियो।

अहिलेसम्म कांग्रेसले ४२ स्थानीय तहमा जित हासिल गरेको छ भने एमालेले ४१ स्थानीय तहमा बाजी मारेको छ। यस्तै, माओवादी केन्द्रले २४ र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन्। अन्यले १ स्थानमा जित हासिल गरेको छ।

Must View