नागरिक पोष्ट News


५ पालिकामा छ स्वतन्त्रका मेयर उम्मेदवारको अग्रता

1.7K

काठमाडौं महानगरसहित पाँच पालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन्।

काठमाडौंबाहेक धनगढी, जनकपुर, बर्दिवास र झापाको कन्काई नगरपालिका स्वतन्त्रका मेयर उम्मेदवारले अग्रता लिएका हुन्।

यीमध्ये काठमाडौं महानगरमा बालेन शाह र धनगढीका मेयर उम्मेदवार मात्र कुनै पार्टीका बागी नभई स्वतन्त्र उम्मेदवार उठेका हुन्।

जनकपुर, बर्दिवास र कन्काईका स्वतन्त्र मेयर उम्मेदवार भने नेपाली कांग्रेसका बागी हुन्।

बालेन आफ्ना निकटतम प्रतिद्वन्दीभन्दा २९६४ मतले अघि छन्। उनले ६२०७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ३२४३ मत ल्याएका छन्।

Must View