नागरिक पोष्ट News


टोखा नगरपालिकामा कांग्रेसकी रजनी थापाको अग्रता

1.5K

काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रजनी थापाले ५११२ मतको अग्रता लिएकी छिन्।

थापाले ५११२ मत प्राप्त गरेको निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिइन्। 

थापाले एमालेका प्रकाश अधिकारीलाई पछि पारेकी हुन्। अधिकारीले ४८९२ मत प्राप्त गरेका छन्।

माओवादीका शेखर श्रेष्ठले ८३१ मत ल्याएका छन्।

उपमेयरमा कांग्रेसका मुरारी तामाङले अग्रता लिएका छन्। उनले ५०४३ मत प्राप्त गरे।

उनलाई एमालेकी ज्ञानमाया डंगोलले ४६२९ मत ल्याएर पछ्याइरहेकी छिन्। माओवादीकी यमुना पुडासैनी (अधिकारी) ले १०८१ मत ल्याएकी छिन्।

Must View