नागरिक पोष्ट News


तारकेश्वरको २, ३, ७ र ८ वडामा नेपाली काङ्ग्रेसको जीत

3.8K

काठमाडौं । तारकेश्वर नगपालिकाको ४ वटा वडामा नेपाली काँग्रेसले जीत हासिल गरेको छ । हालसम्म भएको मतगणनाको नतिजा अनुसार तारकेश्वरको २, ३, ७ र ८ मा नेपाली काङ्ग्रेस विजयी भएको हो भने १ र ४ मा नेकपा एमालेले जित हासिल गरेको छ ।

वार्ड नं ७ मा नेपाली कांग्रेसका सानुकाजी खत्रीको प्यानल नै विजयी भएको छ । त्यस्तै तारकेश्वोर ८ मा कांग्रेसले अध्यक्षसहित महिला वडा सदस्य र दलित महिला सदस्य जित्न सफल, सुर्यले खुल्ला दुई सदस्य जित हासिल गरेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ३ मा काँग्रेस र एमाले मिश्रित प्यानल निर्वाचित भएको छ । स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार परशुराम अर्यालले १०५१ मत ल्याएर विजयी भएका छन् । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर २ मा काँग्रेसको प्यानल नै निर्वाचित भएको छ ।  स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार राधाकृष्ण खड्गीको प्यानल नै विजयी भएको हो । खड्गीले ११२६ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले ७१८ मत ल्याएका छन ।

Must View