नागरिक पोष्ट News


तारकेश्वर वडा नं ७ र ८ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी

1.6K

तारकेश्वर नगपालिका वार्ड नं ७ मा नेपाली कांग्रेसका सानुकाजी खत्रीको प्यानल नै विजयी भएको छ । त्यस्तै तारकेश्वोर ८ मा कांग्रेसले अध्यक्षसहित महिला वडा सदस्य र दलित महिला सदस्य जित्न सफल, सुर्यले खुल्ला दुई सदस्य जित हासिल गरेको छ ।

श्यामकृष्ण सापकोटा १०९३ मत प्राप्त गरेर विजयी भएका छन् । जम्मा २२८९ मतमध्ये ११३२ मत प्राप्त गरेर सापकोटा विजयी भएका हुन् । उनका निकट्तम प्रतिद्वन्दी एमालेका मनोज घिमिरेले ६६३ मत प्राप्त गरेका छन् ।

खुला तर्फको वडा सदस्यबाहेक वडाको सबै तहमा काङ्ग्रेसले विजय प्राप्त गरेको छ । वडा सदस्यमा भने नेकपा एमालेका मोहन खत्रीले ८२० मत प्राप्त गरेर विजयी भएका छन् । झरेको जम्मा मतमध्ये ३२ मत वदर भएको थियोे । 

Must View