नागरिक पोष्ट News


राप्रपाको अहिलेसम्म जित्यो १८ वडाध्यक्ष(सूचीसहित)

1.5K

काठमाडौं। स्थानीय तहको निर्वाचनमा राप्रपाले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ ।

यी हुन् विजयी वडाध्यक्ष

१. चितवनको माडी नगरपालिका–८ को वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी प्यानलसहित विजयी।

२. नवलपरासीको रामग्राम–३ को वडाध्यक्षमा उज्ज्वल न्यौपाने प्यानलसहित विजयी ।

३. नवलपरासीकै प्रतापपुर–३ को वडाध्यक्षमा रामनरेश यादव प्यानलसहित विजयी।

४. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ को वडाध्यक्ष केशव खत्रीत प्यानलसहित विजयी ।

५. कपिलवस्तुको कृष्णनगर–१ को वडाध्यक्ष टुंगनाथ चौधरीको प्यानलसहित विजयी ।

६. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ को वडाध्यक्ष लक्ष्मण मेहता प्यानलसहित विजयी।

७. रुपन्देहीको रोहिणी गाउँपालिका–१ को वडाध्यक्षमा अलि पठान निर्वाचित ।

८. चितवनको माडी नगरपालिका–१ को वडाध्यक्षमा अमित लामा निर्वाचित ।

९. सिद्धार्थनगर नगरपालिका–२ को वडाध्यक्षमा छेदीलाल श्रीवास्तव निर्वाचित

१०. नवलपरासीको रामग्राम–१ मा राप्रपाका रुद्रप्रसाद सिंह वडाध्यक्षमा निर्वाचित ।

११. डोटीको केआईसिंह गाउँपालिका–७ को वडाध्यक्षमा दिलबहादुर बलायर विजयी ।

१२. बैतडीको सुर्नया गाउँपालिका–२ मा गणेशबहादुर विष्ट विजयी ।

१३. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ का अध्यक्ष उमेश कार्की विजयी ।

१४. धादिङको खनियाबास गाउँपालिका–१ वडाध्यक्षमा सोनाम तामाङ विजयी ।

१५. रुपहेन्दीको ओमसतियामा बेलबहादुर बराल बिजयी ।

१६. कञ्चनपुरको दोधारा चाँदनी–१ को वडाध्यक्षमा बिक्रम चन्द विजयी ।

१७. धादिङको खनियाबास–२ को वडाध्यक्षमा अरुण तामाङ विजयी ।

१८. रुपन्देहीको सियारी गाउँपालिका–१ को वडाध्ध्यक्षमा अरुण शाही विजयी ।

Must View