नागरिक पोष्ट News


काठमाडौंमा अब ६ ठाउँमा मतगणना, बालेनको अग्रता कायमै, तेश्रोमा पुगे स्थापित 

2.2K

काठमाडौँ - काठमाडौं महानगरपालिकामा ६ स्थानबाट मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानसम्म पाँच स्थानमा मात्रै मतगणना भइरहेकोमा आइतबार दिउँसोदेखि ६ स्थानबाट मतगणना सुरू गरिएको हो ।

नयाँ ठाउँबाट वडा नम्बर ३१ को मतगणना थालिएको छ । यसअघि वडा नम्बर १, २, ३, ४ र ३२ वडाको मतगणना भइरहेको थियो ।

‘६ वटा वडाको मतगणना भइरहेको छ । तीमध्ये केही वडाको अन्तिम परिणाम आउने अवस्था छ, हामी केहीबेरमा सार्वजनिक गर्छौं,’ सहयाक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिए ।

महानगरपालिकाको मेयरमा अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् ।

साहले २८ सय २० मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १५ सय ७ मतसहित पछ्याइरहेकी छिन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित १४ सय ४९ मतसहित तेस्रो स्थानमा छन् ।

Must View