नागरिक पोष्ट News


आमिर खानकी छोरी आइराको बिकिनी फोटो बिबाद , फोटो हटाउदै फेरी राख्दै 

2K

एजेन्सी - आमिर खानकी छोरी आइरा खान सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । आइराले सामाजिक सञ्जालमा फोटो राख्ने बित्तिकै त्यो चर्चाको विषय बन्ने गर्छ । हालै आइराले आफ्नो २५ औँ जन्मदिनका तस्बिर सेयर गरेकी थिइन् जसमा उनले बिकिनी लगाएको देख्न सकिन्थ्यो । आइरालाई बिकिनीमा देखेर धेरैले उनलाई मज्जाले ट्रोल गरेका थिए । तर अब आमिरकी छोरीले आफूमाथि खराब कमेन्ट गर्नेहरुलाई जवाफ फर्काएकी छिन् ।

 

आइरा खानले आफनो जन्मदिन सेलिब्रेसनका केही तस्बिर सेयर गरेकी छिन् । बिकिनी लगाएको भन्दै ट्रोल भएकी आइराले बिकिनीमा नै आफ्नो केही तस्बिर सेयर गरेर हेटर्सलाई बलियो जवाफ फर्काएकी छिन् । फोटोमा आइरा खान पूलमा आफ्ना साथीहरुसँग निकै मस्ती गरिरहेको देखिएकी छिन् । एउटा तस्बिरमा आइरा आफ्ना प्रेमी नुपुर शिखरेसँग पुलमा देखिएकी छिन् ।

 

Must View