नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकामा कांग्रेसका कृष्‍णहरी महर्जनको अग्रता, एमालेका रामेश्वर बोहरा पछ्याउँदै

2.9K

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कृष्‍णहरी महर्जनले ४ हजार ६ सय ३९ मतका साथ अग्रस्थानमा रहेका छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका रामेश्‍वर बोहराले ३ हजार ७ सय ८ मत ल्याएका छन् ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका लवकुमार बस्नेतले ९ सय ९३ मत प्राप्त गरेका छन् भने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार बसन्तकुमार बस्नेतले १ सय २३ मत प्राप्त गरेका छन् ।

यता, उपप्रमुखमा नेपाली कांग्रेसकी सृजना बुर्लाकोटीले ४ हजार ४ सय मत प्राप्त गर्दै अग्र स्थानमा रहेकी छिन् । नेपाल कम्युनिष्ट पार्टी एमालेकी भवानी डोटेल धितालले ३ हजार ६ सय ८६ मत ल्याएर बुर्लाकोटीलाई पछ्याइरहेकी छिन् । त्यस्तै, माओवादी केन्द्रका धनलाल महर्जनले १ हजार १ सय ५१ मत प्राप्त गरेका छन् 

Must View