नागरिक पोष्ट News


स्थानी निर्वाचन २०७९ : राप्रपाको १३ स्थानमा अग्रता, १५ वडामा विजय हासिल

1.7K

काठमाडौं । स्थानीय तह निर्वाचनको सुरुवाती परिणामबाट राष्ट्रिय प्रजातन्त्र पार्टी उत्साहित भएको छ । अधिकांशमा एक्लै र केहीमा तालमेल गरेर प्रतिस्पर्धामा उत्रिएको राप्रपाले परिणामलाई उत्साहप्रद भनेको छ ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले प्रारम्भिक रुझानमा आफ्नो दलले सोचेभन्दा राम्रो परिणाम हासिल गरिरहेको बताएका छन् ।

वडा तहमा भने राप्रपा १५ स्थानमा विजयी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

हालसम्म कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा केशव खत्री, कपिलवस्तुको कृष्णनगर नगरपालिका १ मा टुकनाथ चौधरी अध्यक्षमा विजयी भएका छन् । यस्तै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नंम्१ मा लक्ष्मण मेहता अध्यक्षमा विजयी हुँदा  रुपन्देहीको रोहिणी गाउँपालिकाको वडा नम्बर १ मा अलि पठान (मुक्त्तर अहमद पठान) विजयी भएका छन् । 

यस्तै चितवनको माडी नगरपालिका  वडा नम्बर १ मा अमित लामा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मा छेदीलाल श्रीवास्तव, नवलपरासीको रामग्राम १ मा रुद्र प्रसाद सिंह अध्यक्ष, डोटीको केआई सिंह गाऊँपालिका ७ मा दिल बहादुर बलायर, बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ मा गणेश बहादुर विष्ट,  पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा उमेश कार्की,  धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ मा सोनाम तामाङ, रुपहेन्दीको ओमसतिया १ मा बेलबहादुर बराल अध्यक्षमा  विजयी भएका छन् । 

 

यस्तै कञ्चनपुरको दोधारा चाँदनी १ मा बिक्रम चन्द,  धादिङको खनियाबास वडा नम्बर २ मा अरुण तामाङ र रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अरुण शाही विजयी भएका छन् । ती वडाहरुका अधिकांश स्थानमा राप्रपाका उम्मेदवार प्यानल विजयी भएका हुन् । 

Must View