नागरिक पोष्ट News


अपडेट स्थानीय निर्वाचन २०७९ : एमाले १० पालिका, काँग्रेसले ८ पालिका, माओवादी केन्द्र ३ र एकीकृत समाजवादी २ मा सिमित

1.8K

काठमाडौं । स्थानीयत तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो आंकडा अनुसार एमालेले १० गाउँपालिकामा विजयी भएर पहिलो स्थानमा रहेको छ ।

८  गाउँपालिकामा आफ्नो खाता खोल्दै कांग्रेसले दोस्रो स्थानमा ओगटेको छ । तेस्रोमा माओवादी केन्द्र रहेको छ । उसले एक नगरपालिकासहित ४ गाउँपालिकामा विजयी भएको छ । एकीकृत समाजवादीले निर्विरोध २ पालिका बाहेक अहिलेसम्म खाता खोलेको छैन ।

सबैले चासोसाथ हेरिएको ६ महानगरमध्ये काठमाडौंमा पुराना र ठुला भनिएका राजनीतिक दलहरूलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

प्रारम्भिक नतिजा अनुसार ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् । चितवनको भरतपुरमा माओवादी केन्द्र, पोखरामा एकीकृत समाजवादी, वीरगञ्ज र विराटनगरमा पनि गठबन्ध नै उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

पछिल्लो नतिजा अनुसार कांग्रेस प्रमुख÷अध्यक्षमा २६६ पालिकामा अग्रता लिएको छ । एमाले १८३ सहित दोस्रो र ११० स्थानमा माओवादीले अग्रता लिँदै तेस्रो स्थानमा अग्रता लिएको छ । चौंथोमा जसपा र पाचौंमा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

Must View