नागरिक पोष्ट News


काठमाडौंमा बालेनको रफ्तार (२२३८ मत ) : स्थापितभन्दा १ हजार मतले अगाडि

1.6K

काठमाडौं । काठमाडौं महानगरपालिकामा लौरो चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १ हजार १९ मतले पछि पार्दै आफ्नो अग्रता कायम राखेका हुन् ।

साहले आइतबार साढे १० बजेको मतपरिणामअनुसार २२३८ मत प्राप्त गरेका छन् भने एमालेका स्थापितले १२१९ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले १०८१ मत पाएकी छन् ।

Must View