नागरिक पोष्ट News


तारकेश्वर वडा नं. ४ मा एमालेको प्यानल नै विजयी

5.1K

काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नरेन्द्रदास श्रेष्ठको प्यानल नै विजयी भएको हो ।

श्रेष्ठले ७८५ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ६५० मत ल्याएका छन ।

मेयरमा तारकेश्वर ४ मा सूर्यले ७०५ मत प्राप्त गर्दा रूखले ६९४ मतमात्र प्राप्त गरेको छ । उपप्रमुखमा सुर्यले ६४७ मत प्राप्त गर्दा रुखले ६२४ मत प्राप्त गरेको छ । तारकेश्वर ४ मा १९७६ मत खसेको भएपनि ४७ मत मात्र बदर भएको थियो ।

यस्तो छ मतपरिणाम :

         सूर्य        रुख

मेयर     ७०५     ६९४

उपमेयर ६४७    ६२४

वडाध्यक्ष  ७८५        ६५०

महिला सदस्य ७५५     ५६४

दलित सदस्य ७६६      ५७५

खुला सदस्य ७०८      ५९१

खुला सदस्य ७०२      ५८३

Must View