नागरिक पोष्ट News


तारकेश्वर ३ वडाअध्यक्षमा नेपाली काँग्रेसका परशुराम अर्याल विजयी र सदस्यहरुमा एमालेको जित

2.8K

काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ३ मा काँग्रेस र एमाले मिश्रित प्यानल निर्वाचित भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार परशुराम अर्याल विजयी भएका छन् ।

अर्यालले १०५१ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले ९७९ मत ल्याएका छन ।

मेयरमा तारकेश्वर ३ मा रुखले १२४४ मत प्राप्त गर्दा सुर्यले १०६२ मतमात्र प्राप्त गरेको छ । उपप्रमुखमा सुर्यले ११०४ मत प्राप्त गर्दा रुखले ११२२ मत प्राप्त गरेको छ ।

यस्तो छ मतपरिणाम :

                 सूर्य           रुख

मेयर            १०६२         १२२१

उपमेयर          ११०४        ११९६

वडाध्यक्ष          ९७९       १०५१

महिला सदस्य   ११६५      ८९६

दलित सदस्य    १०८४         ९४७

खुला सदस्य      ११३१      ८२०

खुला सदस्य      ९६७       ८५७

Must View