नागरिक पोष्ट News


भक्तपुरमा नेमकिपाले दुई वडामा प्यानलै विजयी हासिल गर्यो

1.4K

भक्तपुर। भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ। भक्तपुर नगरपालिका वडा नं १ र ३ मा उक्त पार्टीका उम्मेदवारहरू वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको हो।

वडा नं १ को वडा अध्यक्षमा श्यामकृष्ण खत्री र वडा नं ३ को वडा अध्यक्षमा राजकृष्ण गोरा पूरै प्यानलसहित विजयी भएका हुन्को । यी दुवै उम्मेदवार यसअघिको स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्ष थिए।

उता नेपाली कांग्रेसले पनि दुई वटा वडा जितेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं १ र २ मा वडा अध्यक्षमा विजयी भएको हो । वडा नं १ मा बाबुकाजी डंगोल विजयी भएका हुन् । त्यहाँं एक जना वडा सदस्य भने एमालेबाट विजयी भएका छन् । यता मध्यपुर थिमि नगरपालिका वडा नं २ मा पनि कांग्रेसकै श्रीकृष्ण श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

Must View