काठमाडौमा बालेन शाह अगाडी ( १ हजार ७०६ मत ): भरतपुरमा रेणु अगाडी
काठमाडाैं। काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ काे अग्रता कायमै छ।
पछिल्लाे विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन् । शाहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन्।
गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन्। त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन्।
भरतपुरमा ९८ मतले रेणु दाहाल अगाडिचितवन। चितवनकाे भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन्। उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन्।
२ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार १०५ मत पाएकी छन् भने एमालेक विजय सुवेदीले १ हजार ७ मत पाएका छन्। सुवेदीलाई राप्रपाकाे पनि साथ छ।
कांग्रेसका बागी उम्मेदवा जगन्नाथ पौडेलले ३९० मत पाएका छन्। उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन्।