नागरिक पोष्ट News


हर्षोल्लासका साथ स्थानीय तहको निर्बाचन सम्पन्न , ६४% मत खस्यो ( विज्ञप्ति सहित )

1.4K

काठमाडौँ - स्थानीय तहको निर्बाचन २०७९ सफलतापुर्बक सम्मपन्न भएको छ। बैशक ३० मा सम्पन्न निर्बाचन छिटफुट घटना र विवाद बाहेक देश भर नै उत्साहजनक रुपमा सम्पन्न भएको निर्बाचन आयोगले बिज्ञप्ति मार्फत जानकारी गराएको छ। बिज्ञप्ति अनुसार देश भर ६४% मतदान भएको छ। शुक्रबार सम्पन्न मतदानको गणना धेरै जसो पलिकाहरुमा सुरु भैसकेको छ। 

बिज्ञप्ति         आज भएको स्थानीय तह सदस्य निर्वाचन छिटपुट घटना बाहेक समग्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।  निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न मतदान गर्नुहुने सम्पूर्ण मतदाता, निर्वाचनमा  खटिनुभएका सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचनमा भाग लिने राजनीतिक दल एवम् उम्मेदवार, आम सञ्चारमाध्यम, पर्यवेक्षक लगायत सबै सरोकारवालामा आयोग हार्दिक धन्यवाद व्यक्त गर्दछ ।  आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र मा प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६४ प्रतिशत मतदान भएको छ भने राजनीतिक दल तथा उम्मेदवारबीच  विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३  मतदानस्थलका ७७ मतदानकेन्द्रमा मतदान स्थगित भएको छ । उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले  मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउनेछन् । लुम्बिनी र गण्डकी प्रदेशका कुनैपनि मतदानकेन्द्रमा मतदान स्थगित भएको जानकारी प्राप्त भएको छैन ।  मतदानकेन्द्रबाट मतगणना स्थलसम्म  मतपेटिका ढुवानी कार्य जारी रहेको र मतपेटिका संकलन भइसकेपछि मतगणना यथाशीघ्र सुरु गरिनेछ । 

(शालिग्राम शर्मा पौडेल) प्रवक्ता एवं सहसचिव   

Must View