नागरिक पोष्ट News


प्रतिक्षित चलचित्र ‘लक्का जवान’ देशभरका सिनेमाघरमा

0.9K

काठमाण्डौँ - शुक्रबारदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘लक्का जवान’ प्रदर्शन भएको छ ।

हाँस्य कलाकार शिवहरी पौड्यालको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘लक्का जवान’मा मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, सरोज खनाल,दीलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्यालको मुख्य भुमिका छ ।

पारिवारिक कथालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको चलचित्रमा निर्देशक पौड्यालकै कथा र पटकथामा रहेको छ भने चलचित्रलाई अन्सुया श्रेष्ठले निर्माण गर्नुभएको हो ।

ध्रुव वन्तको प्रस्तुति रहेको चलचित्र आमा बंगलामुखी फिल्म्सको ब्यानरमा बनेको हो । पुरुषोत्तम प्रधानले छायांकन गरेको चलचित्रमा मित्र डी. गुरुङको सम्पादन छ ।

Must View