नागरिक पोष्ट News


तारकेश्वर वडा न ४मा बामगठबन्धनका उम्मेदवार घरदैलो अभियानमा

1.2K

काठमाडौ - तारकेश्वर नगरपालिकामा यतिबेला चुनावी माहोल तात्दै गएको छ। राजनीति दलका उम्मेदवारहरु मतदाता घर घरमा गई मत माग्न ब्यस्त देखिन्छन् । तारकेश्वरमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको बाम गठबन्धन रहेको छ।        

गठबन्धन बाट मेयरमा लवकुमार बस्नेत र उपमेयरमा धनलाल महर्जन उम्मेदवार रहेका छन । गठबन्धनका उम्मेदवारहरु यतिबेला नगरका वडा हरु मतादाताको घर दैलोमा पुगि मत मागिरहेका छन। तारकेश्वर वडा न ४ मा गठबन्धनका वडा अध्यक्ष उम्मेदवार हरिसरण गिरि  मतदाताहरुको घर घरमा गई मत माग्नु भएको छ।

Must View