नागरिक पोष्ट News


भिजन बोकेका इन्जिनियर उम्मेदवारको तारकेश्वर ९ बदल्ने सपना 

1.7K

काठमाडौं - तारकेश्वर नगरपालिका वडा नं ९ मा नेपाल मजदुर किसान पार्टीले चुनावी अभियानलाई तिब्र बनाएको छ । यहि दौडमा आफ्नो अब्बल  उपस्थिती जनाएका नेपाल मजदुर किसान पार्टीका वडा अध्यक्षका उम्मेदवार ई सविन महर्जन विजय हासील गरी तारकेश्वर वडा नं ९ को मुहार बदल्ने सोचमा छन् । 

तारकेश्वर वडा नं ९ मा जन्मिएका सविन महर्जनले बि ई सिभिल, एम बि ए सम्मको अध्ययन गरेका छन् । महर्जन प्राविधिक भएकाले पनि उनले वडा नं ९ को विकासको दिर्घकालिन खाका आफैं बनाउन सक्छन् ।

सामाजिक सेवा गर्न रुचाउने महर्जन विभिन्न संघ संस्थामा आवद्ध रहेका छन् । महर्जन किन्डर गार्डेन सेकेण्डरी स्कुलका अध्यक्ष , सम्भाव्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष, सि आर्क कन्सल्टेन्ट प्रा लि का प्रबन्धक , ईन्द्रायणी युवा क्लवका सचिव समेत रहेका छन् । 

यस अघि नगरपालिकामा इन्जिनियरको रुपमा काम गरेको अनुभव समेत भएका महर्जन वडाको समुन्नतीको ठोस कार्यक्रम आफुसँग भएको दावी गर्दछन् । 

एमसीसी समर्थक देशघाती हराऔं, देशको सम्प्रभुता रक्षा गरौं  भन्ने नाराका साथ मादल चिन्हमा छाप लगाई देशभक्तहरुलाई विजयी गराऔं भन्ने उद्येश्यले आफ्नो उम्मेदवारी दिएको महर्जनले बताएका छन् । नेमकिपाबाट तारकेश्वर मेयरमा श्रीकुमार महर्जन र उपमेयरमा इन्द्र कुमारी बज्राचार्य उम्मेदवार रहेका छन् । नेमकिपाबाट तारकेश्वर ९ मा वडा अध्यक्ष पदमा महर्जन सहित सदस्यहरु विष्णु मायाँ महर्जन, शर्मिला सार्की, प्रेम महर्जन र शोभा डंगोल राजवाहक रहेका छन् ।

मादल चिन्हमा छाप किन ?

१० खानेपानीको तत्कालीन समस्या समाधानका लागि प्ग्प्ी सँग समन्वय गर्नुका साथै स्थानीय स्तरमा उपलब्ध भएका खानेपानीको स्रोत पहिचान गरी गुणस्तरीय खानेपानी वितरणलाई प्राथमिकता दिइनेछ । २० वडाका सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालयको निर्माण एवम् व्यवस्थापन गरिनेछ । ३० वडामा योग्य चिकित्सक, नर्सिङ्ग प्रोफेशनल र नियमित स्वास्थ्य जाँचका लागि ल्याव सहितको स्वास्थ्य केन्द्र सुदृढीकरण गर्दै यस क्षेत्रका जनशक्तिको वृत्ति–विकास गर्ने, नागरिकलाई स्वास्थ्य सुविधा सर्वसुलभ गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिनेछ । ४० मनमैजु माध्यमिक विद्यालयको शिक्षाको गुणस्तरमा थप गरिनुका साथै व्यवसायिक शिक्षाको कार्यक्रम समावेश गरी विद्यार्थीहरुको प्राविधिक तथा व्यवसायिक शिक्षामा रुची बढाउने र विद्यार्थीहरुको स्वाबलम्बन बढाउन आवश्यक व्यवस्थान मिलाइने छ । ५० वडाको सेवाग्राहीलाई चाहिने सबै सूचनाहरु भएको र वडाबासीले आफूले वडामा तिर्नुपर्ने करहरु तिर्न मिल्ने मोबाइल एप ९ःयदष्भि ब्उउ० बनाइनेछ । ६० मेट्रिक ठेगाना प्रणाली सुरुवातगरिनेछ । ७० स्थानीय जात्रा पर्व र अन्य साँस्कृतिक गतिविधिलाई जीवित संग्रहालयका रुपमा विकास गरी पर्यटकहरुलाई आकर्षित गरी पर्यटन प्रवद्र्धन गरिनेछ । ८० ईलेक्ट्रिक भेइकल ९भ्भिअतचष्अ ख्भजष्अभि० प्रवद्र्धन गर्न चार्जिङ्ग स्टेशन ९ऋजबचनष्लन क्तबतष्यल० को व्यवस्था गरिनेछ । ९० वडामा आधुनिक शिशु स्याहार केन्द्र, जेष्ठ नागरिकहरुका लागि आदर निकेतन व्यवस्था गरिनुका साथै वृद्ध भत्ता घरघर पु¥याउने व्यवस्था गरिनेछ । १०० वडामा खेलकुद विकासको लागि चाहिने पूर्वाधार निर्माण र खेलकुद सामाग्रीको व्यवस्थाका साथै आवश्यकताअनुसार सार्वजनिक स्थलमा व्यायामशाला निर्माण गरिनेछ । ११० वडालाई सफा सुन्दर बनाउन निःशुल्क फोहोर व्यवस्थापन गरिनेछ । १२० वडामा रहेको सार्वजनिक जग्गा, सत्तल, पाटीपौवा, मठमन्दिर, ढुङ्गेधारा, ईनार पुनजीवित गरी संरक्षण तथा सम्बद्र्धन गरिनेछ । १३० स्थानीय बाजा, मन्दिर र अन्य स्थानीय आदीबासी उप–समूहहरुलाई संस्कृति प्रवद्र्धनका लागि अनुदान प्रदान गरिनेछ । १४० प्रदुषणमुक्त, स्वच्छ तथा हराभरा वडा निर्माण गर्न विभिन्न जनचेतनामुलक तथा वृक्षरोपण कार्यक्रम संचालन गरिनेछ ।

 

Must View