नेप्से ३७.०६ अंकले ओरालो
1.2K
काठमाडौं, २२ वैशाख । यस साताको चौंथो कारोबार दिन बिहीबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३७.०६ अंकले घटेर २२३८.६२ अंकमा पुगेको छ । बिहीबार २३२ कम्पनीको ४६ लाख ७४ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।
ठुला कम्पनिको उपसूचक ४.३४ अंकले घटेर ४३२.५५ अंकमा कायम रहेको छ । यो अघिल्लो दिनको तुलनामा ०.९९ प्रतिशतले कम हो । १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार घटेको छ । यस्तै यस दिन सबै भन्दा धेरै र्निजीवन बीमा कम्पनी समूहको कारोबार २६५.४२ अंकले घटेर १०००६.१६ अंकमा पुगेको छ ।