नागरिक पोष्ट News


तीन वर्ष अघि तीनकुनेमा एक व्यक्तिको हत्या गर्ने अभियुक्त पक्राउ

1.4K

काठमाडौँ -  कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको फरार अभियुक्त लाई ति बर्ष पछि प्रहरीले पक्राउ गरेको छ। २०७५।०८।०८ गते दिउँसो अ. १५:०० बजेको समयमा जिल्ला काठमाणडौ का.म.न.पा. वडा नं. ३२ तिनकुने गैरीगाँउ स्थित पेट्रोल पम्प नजिक महेश परियार , मनिष बाँनिया र “मुण्डा” भन्ने सरोज सुन्दास  समेतले धारिलो हतियार चक्कु प्रहार गरी एक व्यक्तिको हत्या गरेका थिए।  

घटनामा बिक्कि थेबे लिम्बुलाई  कर्तव्य गरी मारेको र अनिल श्रेष्ठलाई गम्भिर घाईते बनाई उक्त वारदात पश्चात महेश परियार र मनिष बाँनियालाई सोही दिन साँझ १८:३० बजेको समयमा काठमाण्डौ तारकेश्वर न.पा. वडा नं.१ साङ्ला विहानी चोक बाट नियन्त्रणमा लिईएको र सम्मानित जिल्ला अदालत काठमाण्डौको फैसलाले जन्म कैद सजाय भएको थियो। 

बनिया  हाल केन्द्रिय कारगारमा जेल भुक्तान गरिरहेको तथा फरार रहेका प्रतिवादी सरोज सुन्दासको हकमा मुलतवीमा राखिएकोमा निज प्रतिबादी ३ वर्ष भारत बसी  विगत २/३ महिना देखि का.जि. नैकापमा लुकिछिपि बसिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले का.जि. नैकाप बाट मिति २०७९।०१।२१ गते अ. दिउँसो १५:०० बजे पक्राउ गरी आवश्यक कारबाहिको लागि सम्मानित जिल्ला अदालत, काठमाण्डौ पठाईएको प्रहरीले जानकारी दिएको छ ।  

पक्राउ परेका व्यक्ति :- नाम थर : “मुण्डा” भन्ने सरोज सुन्दास  उमेर : २५ बर्ष स्थायी वतन : जि.सिन्धुली कमलामाई न.पा. वडा नं-१० हाल बस्ने: काठमाण्डौ जिल्ला चन्द्रगिरी न.पा.  नैकाप

Must View