नागरिक पोष्ट News


बेलकाेटगढी २ का माओबादी केन्द्रका उमेद्वारको ढुंगाना चर्चा , वडाबासीलाई यस्तो अपिल

3.7K

नुवाकोट - जिल्लास्थित बेलकोटगढी नगरपालिका मा चुनाबी माहोल गर्माएको छ । जनयुद्दको समयमा माओबादीको आधार ईलाका नै भनेर परीचित नुवाकोट जिल्लाको साबिकको कुमारी गाबिसको आधा भूभाग समेटेको  बेलकाेटगढी २ मा माओबादी केन्द्रका नेता खेमराज ढुंगाना (रामहरी ) बिजय झन्डा फहराउने योजना सहित चुनाबी मैदानमा होमिएका छ्न । 

सामाजिक छबि राम्रो रहेका ढुंगाना विकास प्रेमी संगै जनमुखी नेताको रुमा स्थानीय वडा बासीका बिचमा परिचित छन् । उमेद्वार ढुंगाना संगै वडा सदस्यहरु कल्पना श्रेष्ठ , राधिका सुनार , बिष्णु तामाङ्ग (रुम्बा ) र मधु प्रसाद न्यौपाने यतिबेला जनताको घर दैलोमा पुग्दै आफ्ना एजेन्डा प्रस्तुत गर्दै भोट माग्ने काममा ब्यस्त छन् ।  नगरपालिकामा नगर प्रमुखको लागि गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका नेता जगत लामा र उपप्रमुख का लागि नेपाली कांग्रेसका शिब प्रसाद दाहालले उमेद्वारी दिएका छन्।  

वडा नम्बर २ का अध्यक्ष्यका  उमेद्वार ढुंगानाले आम वडा बासीलाई यस्तो अपिल गरेका छन्।  

" नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले संचालन गरेको दस बर्षे महान जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलन र संबिधान सभा निर्वाचन बाट प्राप्त उपलब्धिहरु गणतन्त्र ,संबिधान ,धर्मनिरपेक्ष्यता,समानुपातिक समाबेशी प्रतिनिधित्वलाई संस्थागत गर्दै देश र जनताको विकास र समृद्धिमा हामी लागिरहेका छौँ । सिंहदरबारको अधिकार पालिका सम्म र पालिकाको अधिकार घर-घरमा ल्याई समग्र बेलकोटगढी नगरपालिका र यस वडामा शिक्षा, स्वास्थ, खानेपानी,सडक पुर्वाधार निर्माण,रोजगारी,कृषि क्षेत्रको विकास अभियानलाई तिब्रता दिई समृद्धिको यात्रालाई अगाडि बढाउन नेकपा (माओवादी केन्द्र) का हामी उम्मेदवारहरु प्रतिवद्ध छौं ।

यसै सन्दर्भमा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धन दल नेकपा (माओवादी केन्द्र) को तर्फबाट बेलकोट्गढी नगरपालीकामा मेयर पदका साझा  उम्मेदवार जगत बहादुर गुरुङलाई गोलाकार भित्रको हसिँया हथौड़ा चिन्हमा,नेपाली काँग्रेसको तर्फबाट उप-मेयर पदका साझा उम्मेदवार शिव प्रसाद  दाहाल लाई  दास्राे रुख चिन्हमा, यसै गरि बेलकोट गढी नगरपालिका वडा-२ मा नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडा अध्यक्ष उम्मेदवार खेम राज ढुंगाना (रामहरि),महिला सदस्य कल्पना श्रेष्ठ,दलित महिला सदस्य राधिका कामी सुनार,सदस्यहरु बिष्णु तामाङ-रुम्बा र मधु प्रसाद न्यौपाने लाई गोलाकार भित्रको हँसिया हथौड़ा चिन्हमा तपाई र तपाईंको परिवारको तर्फबाट अमुल्य मतदान गर्नु भई अत्यधिक बहुमतले विजयी गराई यस बेलकोट गढी नगरपालिका र २ नं वडाको समग्र विकास र तपाईहरुको सेवा गर्ने अवसर प्रदान गर्न २०७९ बैशाख ३० गते का दिन अमुल्य मतदान गर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।  "

 

Must View