नागरिक पोष्ट News


 तारकेश्वर ९ मा गठबन्धनका साझा उमेद्वार मदनको यस्तो क्रेज  

2.8K

काठमाडौँ - जिल्ला स्थित तारकेश्वर नगपलिकामा चुनाबी माहोल तातिएको अबस्था छ।  यहि बैशाख ३० गते हुने स्थानीय निर्बाचनका लागि जनताको घर दैलो मा पुग्दै उमेद्वारहरु भोट माग्न  व्यस्त हुनुहुन्छ।  यहि क्रममा नेकपा एकीकृत समाजबादी र नेकपा माओबादी केन्द्रका  उमेद्वारहरु पनि मंगलबार बिहानै देखि भोट माग्न ब्यस्त देखिन्थे।  

नगरपालिका स्थित वडा नम्बर ९ मा  अध्यक्ष पदका गठबन्धनका तर्फबाट प्रत्यासी मदन कुमार अधिकारीले जारी घरदैलो अभियानको क्रममा वडालाई समुन्नत बनाउन आफु सधै  नै जनता मझ्मै रहेर सेवा गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नु भयो ।   एकीकृत समाजबादी तथा माओबादी केन्द्रका सयौं कार्यकर्ता सहित घर दैलोमा पुगेका अधिकारीलाई जनताले जितको सुभेक्षा सहित वडामा वहाको स्थापित भएको ईमन्दरिताको छबि यसैगरी बचाउन सुझाब दिएका थिए। 

घर  दैलो अभियान मा जनताले देखाएको आत्मियताले निकै उत्साहित बनाएको माओबादी नेत्री पार्वती थापाले नागरिक पोस्टलाई बताउनु भयो । 

 

Must View