नागरिक पोष्ट News


आकर्षक प्रतिबद्दता सहित गाउँपालिका अध्यक्षको जितको दौडमा सज्जन , यस्ता छन् योजना !

7K

काठमाडौँ - देश भरिका पालिका यतिबेला स्थानीय तहको निर्बाचनको सरगर्मीले तातिरहेको छ। यहि क्रममा नुवाकोट जिल्लाको दक्षिण भेगमा अबस्थित ककनी गाउपलिकको चुनाबी माहोल पनि गर्माएको अबस्था छ । यस अघि नेकपा माओबादी केन्द्रले नेतृत्व गरेको गाउँ पालिकामा यो निर्बाचनमा पनि सोहि सिलशिला दोहोराउने रणनीतिमा माओबादी केन्द्र रहेको छ । 

माओबादी केन्द्रको राम्रो पकड रहेको पालिकामा देश ब्यापी रुपमा कायम रहेको गठबन्धन हुन नसके पनि माओबादी निर्बाचनमा आफ्नो जित  हुने कुरामा ढुक्क देखिएको छ । कांग्रेस , एमाले सहित राप्रपा संग पनि  कडा प्रतिस्पर्धा हुने अनुमान गर्दै माओबादीले आन्दोलन र युद्दको पृष्ठभुमि भएका जनताका बीच लोकप्रिय नेता सुमन तामाङ्ग " सज्जन" लाई चुनाबी मैदानमा उतार्यो । 

ककनी गाउँपालिका लाई समुन्नत बनाउने के छन् त माओवादी केन्द्र) का तर्फबाट गाउँपालिका अध्यक्षको उमेदवार सुमन तामाङ 'सज्जन' का योजनाहरु : 

- ककनीलाई देशकै नमुना पर्यटकिय स्थल, समृद्ध रसबल गाउँपालिका बनाउन । 

- प्रत्येक घरमा शुद्ध खानेपानीको व्यवस्था अर्थात एक घर एक धाराको व्यवस्था गर्न। 

- गा.पा को सम्पूर्ण नागरिकको जीवन विमा सुनिश्चित गर्न ।

- गाउँपालिका केन्द्रदेखि सदरमुकाम जोड्ने रानीपौवा चतुराले ढाँडेफेदी सडकलाई पाँचवर्ष भित्र पक्कि बनाउन ! 

-  पालिकाको आठै वडालाई समेटेर चक्रपथ (रिङ रोड) पाँच वर्ष भित्र सम्पन्न गर्न ! 

- पालिका केन्द्रदेखि मध्यपहाडी लोकमार्ग जोड्ने रानीपौवा छहरे सडक स्तरोन्नती गर्न !  

-  काउलेथानादेखि ककनी हाइटसम्मको बाटो स्तरोन्नती गरि पर्यटकीय मार्गको रुपमा विस्तार गर्न !

- ककनि गा.पा देखि ८ वटै वडा कार्यालय र  काठमाडौंसंग जो डिएका सम्पूर्ण सडक दुर्त गतिमा पक्कि बनाउन । 

-  गाउँपालिकाको प्रशासकीय भवन र वडा कार्यालयहरु तीन वर्षभित्र सम्पन्न गर्न !

- जटिल प्रकारको अवस्था बाहेक अन्य सबै प्रकारको स्वास्थ्य उपचारको लागि अस्पताल निर्माण गर्न ।

- स्वास्थ्य र शिक्षामा सम्पूर्ण नागरिकको सहज पहुँचमा पुर्‍याउन ।

- घुम्ती सेवा मार्फत बृद्ध भत्ता र अन्य सरकारि सेवा घरघरमा पुर्‍याउन ।

- निर्माणको चरणमा रहेको सम्पूर्ण योजनाहरु द्रुतगतिमा सम्पन्न गर्न ।

-  कृषिमा आत्मनिर्भर र उत्पादन दोब्वर वनाउन । 

-  स्ट्रवेरी खेती गर्ने किसानहरुका लागि मल, तालिम, प्रविधि, अनुदान, सरल कर्जा तथा बजार व्यवस्थापन गर्न र ककनीलाई स्ट्रवेरी जोनको रुपमा विकास गर्न ! 

-  तरखेती खेती गर्ने किसानका लागि तालिम, अनुदान, सिञ्चाई तथा बजार व्यवस्थापन गर्न ! 

- कृषकलाई हरेक वर्ष जसो हुने रासायनिक मलको अभाव सहकारीलाई परिचालन गरि सहज र सरल ढंगले वितरण गर्न !

- महिला, दलित लगाएत पछाडी  पारिएको सम्पूर्ण क्षेत्रलाई अगाडि वढाउन ।

-  शिक्षा क्षेत्रलाई गुणस्तर र सिपमुलक शिक्षालाई जाोड दिई पढाइ पछि आत्मनिर्भर बन्ने वनाउन। 

-  शिक्षालाई निशुल्क, सर्वशुलव, गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्न ! 

-   विद्यालयमा अतिरिक्त क्रियाकलाप तथा शैक्षिक भ्रमणको व्यवस्था गर्न ! 

-  शिक्षकको क्षमता अभिवृत्ति गर्नका लागि तालिम, अवलोकन भ्रमण र पुरस्कार तथा दण्डको व्यवस्था गर्न

-  हरेक वडामा खेलकुद मैदान निर्माण र विभिन्न खेलका प्रतियोगिताहरु सञ्चालन गर्न ! 

-  हरेक बेरोजगार युवा लागि सीपमुलक तालिम र तालिम पछि सहज रुपमा व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ।

- करको दायरा बढाई करको दर घटाउन । 

-  गर्भवती र ६५ वर्ष माथिका सबै नागरिकको नियमित र  नि-शुल्क स्वास्थ्य परिक्षण सेवा घरघरमै लिन ।

 

 

Must View