नागरिक पोष्ट News


सचेत रहौ ! नेपालमा कोरोना संक्रमणको नयाँ लहरको जोखिम नजिक छ

1.5K

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि चीनका मुख्य सहरमा लकडाउन गरिएको छ । भारतमा पनि केही दिनयता संक्रमण तीव्र बढेको छ र दैनिक थपिने संक्रमणको संख्या तीन हजारको हाराहारीमा पुगेको छ ।

बेलायत, न्युजिल्यान्ड र थाइल्यान्डमा भेटिएको ओमिक्रोन ‘एक्सई’ भेरियन्ट भारतमा देखा परेको छ, जुन ओमिक्रोन भेरियन्ट (बीए–१ र बीए–२) भन्दा १० गुणा बढी संक्रामक मानिएको छ ।

सरूवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार ‘एक्सई’ ओमिक्रोनको हाइब्रिड भाइरस हो । यो ओमिक्रोनबीच (बीए–१ र बीए–२ बाट मिक्सअप भएर विकसित भएको प्रजाति हो । तर कति घातक छ भन्ने अध्ययनकै क्रममा छ ।

कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो लहरलाई विश्लेषण गर्दा भारतमा संक्रमणको उच्च बिन्दुमा पुगेको एक महिनामा नेपालमा पनि फैलिएको छ ।

अहिले भारतमा बढेको संक्रमणले अर्को लहर आँउछ भन्ने एकिन भन्न सकिने अवस्था छैन । तर केही संकेत भने देखिन थालेको जनस्वास्थ्य विद्हरु बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी अबको एक हप्ताको अवस्था हेरेर अर्को लहरको यकिन गर्न सकिने बताउँछन् ।  भारतमा बढ्दो संक्रमणलाई मध्यनजर गर्दा पनि नेपाल सतर्कता अपनाउनु पर्ने डा. पुन बताउँछन् । ‘खुल्ला सीमा भएका कारण विगतका लहर सहजै नेपाल प्रवेश गरेको थिए,’ भन्छन्, ‘अहिले पनि भारतमा बढ्दै गएको संक्रमणको अवस्था हेर्दा नेपाललाई जोखिममा पार्छ कि भन्ने चिन्ता बढ्न थालेको छ ।

Must View