नागरिक पोष्ट News


लथालिङ्ग ककनीलाई ठोस कार्यदिशा दिने भिजन सहित चुनाबी दौडमा अधिकारी , जित सुनिस्चित भएको दाबी   

3.2K

नुवाकोट - राजधानीसंग सिमाना जोडिएको गाउपलिका हुदा हुदै पनि ककनी गाउँपालिकाको अबस्थाको बिसयमा त् सबै लाई थाहा भएकै कुरा हो। व्यक्तिबाद र विकासप्रतिको शक्तिमा रहेका हरुको अदुरदर्सिताको परकस्टा कै कारण केहि किलोमिटरको दुरीमा रहदा रहदै पनि यो विकटता सामना गर्न परेको स्थानीयको गुनासो छ। 

बिक्रम सम्बत २०४६ सालपछी नेकपा एमालेले सत्ता प्राप्त गर्न नसकेको ककनीमा यस पटक भने नेकपा एमालेले जित सुनिश्चितता गर्ने आधारहरु तय भएको चुनाबी प्रचारको दौडमा रहेका अध्यक्ष का प्रमुख प्रत्यासी कासिराज अधिकारीले दाबी गर्नु भएको छ । नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेद्वार काशिराज अधिकारी र उपाध्यक्षका उम्मेद्वार लजिता लामा(सुनिता) मतदातासँग घरदैलोमा पुग्दा स्थानीय बासिन्दाहरु  खुशीका साथ सामेल भएको र शुभकामना  प्रदान गर्ने गरेको ककनीका स्थानीय बासिन्दा ईश्वर तिमल्सिनाले बताउनु भयो ।  

नेकपा एमाले माथि आशा र भरोसा गर्दै ककनी गाउँपालिकामा सयौंको संख्यामा एमाले प्रबेश गर्नेको लहर चलि नै रहेको चुनाब प्रचार  कमिटीका सचिव समीर बलामीले बताउनु भयो । सुन्दर पर्यटकीय समृद्ध ककनीको नारा बोकेको एमालेप्रती स्थानीय समुदायको  आकर्षणले नेकपा एमालेको जितको औपचारिकता मात्रै  बाँकी भएको वहाको दाबी छ। 

  दुरदर्सि भिजन सहित सम्वृद्धिको नारालाई सार्थक बनाउने मिसन बोकेका अध्यक्षका उमेद्वार अधिकारी  २०५४ सालमा तत्कालिन थानसिङ गाविसबाट गाविस अध्यक्ष जितेका   ककनीका लोकप्रिय नेता हुन । बौद्धिक व्यक्तित्व अधिकारी ककनीमा औधी रुचाइएको नाम हो । नेकपा एमाले नुवाकोट जिल्ला उप-सचिव समेत  रहेका अधिकारीले  ककनीलाई समृद्ध ककनी बनाउन कृषि, स्थानीय उत्पादन, पर्यटन र पूर्वाधारलाई जोड दिनेगरी योजना रहेको बताउनु भएको छ ।  

आफुले जितेको कार्यकाल भित्र ककनीमा समृद्ध ककनीको आधार तय गर्ने प्रतिवद्वता गरेका उनलाई ककनीवासीले स्वतस्फुर्ट रुपमा वडा वडामा स्वागत गरेका छन् । बिभिन्न पार्टी पारीत्याग गरी नेकपा एमाले प्रबेश गरेका युवाहरुले ककनीमा इतिहास रची छाड्ने तयारीका साथ एमाले प्रबेश गरेको   चाउथेका स्थानीय बासिन्दा  हरी बजगाईले बताउनु भयो  ।

यस अघिको वहाको सफल राजनीतिक यात्रा संगै पलिका भित्रको वहाको लोकप्रियता कै कारण उमेद्वार काशीराजा अधिकारीको जित सुनिस्चित भएको नेकपा एमालेको बागमती प्रदेश कमिटि सदस्य समेत रहनु भएका उत्तम अधिकारीले बताउनु भयो । 

विजय पश्चात बिसेष गरी पर्यटन प्रबर्धन मार्फत ककनीलाई देशकै पर्यटनको आकर्षक गन्तब्य बनाउने गुरुयोजना सहित आफुहरु काममा लाग्ने योजना रहेको अध्यक्षका प्रत्यासी अधिकारीले नागरिक पोस्ट लाई बताउनु भयो । त्याग र निष्ठा संगै इमान्दारिताको उच्च छबि बनाउनु भएका अधिकारीको स्थानीय बिचको लोकप्रियताले नै चुनाबी माहोल कता तिर फर्कने प्रस्ट देखिएको स्थानीय बासिन्दाहरु बताउछ । 

 

Must View