नागरिक पोष्ट News


महानगरका सफल वडाअध्यक्षको दोश्रो ईनिङ्गको तयारी , पार्टीका हेबी वेट देखि वडाबासीका बीच लोकप्रिय मुकुन्द 

2.8K

काठमाडौँ - देशको राजधानी काठमाडौँको महानगरको नगर प्रमुखका लागि समेत सिफारिस भएका कांग्रेसका लोकप्रिय नेता मुकुन्द रिजाल यतिबेला महानगर को वडा नम्बर १६ को अध्यक्षको पदमा बिजयी हुदै काम गर्ने  दोश्रो ईनिङ्गको तयारीमा छन् । 

अघिल्लो कार्यकालमा समेत नेकपा एमालेको बाहुल्यता रहेको महानगरको  स्थानीय सरकारमा पार्टी भन्दा माथि उठेर जनताको सेवा सफलतापुर्बक सम्पन्न गरेको भन्दै नगरप्रमुख बिध्यासुन्दर शाक्यले समेत सार्बजनिक कार्यक्रम हरुमै जनताको असल सेवक भन्दै रिजालको प्रसंसा गरेका थिए। 

तिनै सबैका प्रिय नेता रिजाल आफ्नो यो कार्यकालमा थप योजना सहित बिगतका आफ्ना पूर्णता दिन बाकि कामलाई सिद्ध गर्दै नमुना वडा निर्माण गर्ने प्रतिबद्दता सहित चुनाबी मैदानमा होमिएका छन् । 

काठमाडौँ महानगर पालिका वडा नम्बर १६ का बासिन्दा हरुलाई अध्यक्षका प्रत्यासी रिजालको संदेश यस्तो छ :  

" यहाहरुको मायाको कारण मैले ५ वर्ष काठमाडौ महानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षको रुपमा काम गर्ने अवसर पाए । सिमित स्रोत र साधनलाई अधिकतम सदुपयोग गर्दै सुन्दर १६ वडा बनाउने अभियानमा यहाहरुको साथ र सहयोगको लागि हृदयदेखी आभार व्यक्त गर्दछु । एक राजनीतिक सिपाही सँगसँगै पाएको जिम्मेवारीमा तापाईहरुको दाई, भाई , साथी , छोरो जहा जुन भुमिका रह्यो त्यही अनुसार काम गर्ने प्रयत्न गरे । अन्जानमा भएका केही कमी कमजोरी भए क्षमा माग्दै अब एक पटकको लागि पुन काठमाडौ १६ को वडा अध्यक्षको लागि उम्मेदवार भएको छु ।  सास्कृतिकसाथै व्यापारिक क्षेत्र ठमेलदेखी औद्योगिक क्षेत्र बालाजुसम्मलाई व्यवस्थित र शौन्दर्यकरण गर्नुपर्ने चुनौती हामीमाझ छ । अझ वडाको आफ्नै निर्माणधिन सुन्दर भवनबाट हामीले प्रविधीमैत्री सेवा लिने वातावरण जतिसम्दो छिटो बनाउनु छ । धुलोमुक्त सडक, क्यामेराको निगरानीमा शहरको परिकल्पनालाई सार्थक बनाई हरेक क्षेत्रमा स्वस्थ र सुरक्षित अनुभूति हामीले गर्नुछ । आश्वासन भन्दापनि परिणाममूखी काम हाम्रो प्राथमिकता रहदैआयो र रहन्छ । महिला स्वबलम्बन तथा युवा स्वरोजगारीमा साथै बालबालिका र जेष्ठनागरिकमैत्री कामको थालनी र त्यसको निरन्तरताको लागि गर्नुपर्ने कामहरुमा हाम्रो ध्यान निरन्तर जानेछ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुख चिन्हमा मतदान गरी म र मेरो टिमलाई यहाहरुको अमूल्य मतको अपेक्षा गर्दछु ।  "

 

Must View