नागरिक पोष्ट News


बलराम सिटौलाद्धारा नेकपा एमाले ९ नं वडालाई २ लाख सहयोग

1.2K

काठमाडौं - नेकपा एमालेबाट निर्वाचित तारकेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्षले आफ्नो सेवा सुबिधा बाफत आएको २ लाख रुपैयाँ वडा कमिटीलाई सहयोग गरेका छन । नेकपा एमाले तारकेश्वर वडा नं. ९ का अध्यक्ष श्यामकृष्ण मर्हजनलाई निर्वाचित अध्यक्ष सिटौलाले २ लाख हस्तान्तरण गर्नु भएको हो ।

वडा अध्यक्ष सिटौलाले यसअघि पनि आफ्नो सेवा सुविधाको रकम बिद्यालयलाई दिएका थिए । उनले मनमैजु स्थित मनमैजु माध्यामिक विद्यालयमा आफ्नो नामबाट अक्षयकोष खोलेर गरि आफ्नो सेवा सुबिधाबाट आएको २ लाख रकम दिएका थिए ।

२०७४ सालको स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्ष निर्वाचित सिटौलाले आफुलाई सेवा सुबिधा बाफत आएको रकम बिभिन्न सामाजिक काममा सहयोग बाफत दिँदै आएका थिए । अघिल्लोपटक वडा अध्यक्ष जित्नु भएका उहाँले यसपटक वडा कमिटी अध्यक्ष मर्हजनलाई वडा अध्यक्षको उम्मेदवारीका रुपमा अगाडी सार्न सहयोग गर्नु भएको थियो ।

Must View