नागरिक पोष्ट News


लामो इतिहास बाम बिचार बोकेका नेता निमा ह्योल्मो काँग्रेस पार्टीमा

3.3K

काठमाडौं - लामो इतिहास बाम बिचार बोकेका नेता निमा ह्योल्मो काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । ह्योल्मो एकासी किन काँग्रेस पार्टीमा गए आम जनमास बिच यतिबेला चासोको बिषय बनेको छ ।

वि सं. २०६४ सालमा माओवादी पार्टीको तर्फबाट समानुपातिक उमेदवार समेत रहेका ह्योल्मो डा. बाबुराम भट्टराई को नेतृत्वमा गठन नयाँ शक्तीपार्टीको अल्फसंख्यक समुदायहरुको संयोजक समेत रहेका थिए । ह्योल्मो जनता समाजबादीको केन्द्रीय परिषद सदस्य र आदिबासी जनजाति महासंघको कोषाध्यक्ष  पदभार समाल्दै आएका थिए । तर आज उनी एक्कासी नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । यसका पछाडि पक्कै पनि केही कराण हुन सक्छन् ।

अहिले राजनीति परिवेश हेर्ने हो भने काँग्रेस र एमाले भन्दा अरु पार्टीको विकल्प नभएका भन्दै आफु यस पार्टीमा प्रवेश गरेको ह्योल्मो बताउछन् । 

समाबेशी समानुपातिक सिद्धान्त अनुृृुरुप काँग्रेस पार्टीको विधान सबै सबै समुदाय हकमा कोटा निर्धारण गरिएको ले पनि आदिबासी जनजाति, मधेसी, दलित र अल्फसंखयक समुदाय को हक अधिकार सुनिश्चित हुने देखेर पनि यस पार्टी रोजेको र अबका दिनमा आफु यसै पार्टीमा रहेर नेतृत्व गर्ने उनी बताउछन् ।

नेपाली काँग्रेसको नेतृत्वमा सबै खाले आन्दोलन हरु सफल भएको देखिन्छ र आउँदै गरेको चुनाव पनि नेपाली काग्रसेलेनै जित्ने ह्योल्मो को ठम्याई रहेको छ  । निमा ह्योल्मो काँग्रेस पार्टीमा जाँदै गर्दा माओवादी पार्टीका उमेदवार हरुलाई ठुलै धक्का परेको उनका समर्थकहरुको रहेको छ ।

Must View