नागरिक पोष्ट News


नेपाली काँग्रेस तारकेश्वरले सार्वजनिक गर्यो , आफ्नो प्रतिवद्धता पत्र, के छ त पत्रमा ? हेर्नुहोस् (घोषणापत्रसहित)

1.3K

काठमाडौं - नेपाली काँग्रेस तारकेश्वरले आज एक कार्यक्रम गरी चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । घोषणापत्रमा नेपाली काँग्रेसले पूर्वाधार क्षेत्रमा विशेषगरी तारकेश्वरका सबै वडाहरुमा जोड्ने गरी चक्रपथ निर्माण गर्ने गौरवको योजना राखिएको छ । त्यस्तै नेपालटारमा नयाँ ठूलो पक्की पुल निर्माण गरिनेछ । नेपालटार सडक साँघुरो भएकाले Flying Over Bridge Road निर्माण गरिने भएको छ । साङलादेखि नुवाकोट जाने जगात सडकलाई व्यवस्थित र कालोपत्रे गरिनेछ ।

-नगरपालिकाको विभिन्न क्षेत्रहरुमा नीजि क्षेत्रको लगानीमा केवलकार फनपार्क, जिप फ्लाएर, बञ्जी सेवा आदि निर्माण गरिनेछ । त्यस्तै तारकेश्वर चिडियाघर निर्माण गरिनेछ ।

– सरसफाईको क्षेत्रमा ढल व्यवस्थापन गरेर Sanitation Treatment Plan निर्माण गरिनेछ । स्थानीय खोलाहरुबाट बालुवा, ढुंगा निकाल्न बन्द गरिनेछ ।

– सबै वडाहरुमा प्राविधिक तथा सिपकमुलक शिक्षा दिन सिटिइभिटीबाट स्वीकृत लिएर इन्जिनियरिङ, नर्सिङ, ल्याव टेक्नोलोजी, विषयमा डिप्लोमा सम्मको पढाई सञ्चालनका लागि कलेज स्थापना गर्ने ।

– तारकेश्वरका स्थायी बासिन्दाहरुका लागि कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल वर्षमा ३ जनालाई मेडिकल, कृषि र इन्जिनियरिङ विषयमा स्नातक तहको छात्रवृत्ति उपलब्ध गराउनेछ । अध्ययन पश्चात तारकेश्वर नगरपालिकाले खटाएको निकायमा ५ वर्ष अनिवार्य काम गर्नुपर्नेछ ।

– तारकेश्वर ८ को मनमैजुको पिपलडाँडामा नगरस्तरीय खेलमैदान निर्माण गरिनेछ ।

-स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवासहितको २५ देखि ५० बेडको अस्पताल निर्माण गरिनेछ ।

– करलाई व्यवस्थित गर्न प्रत्येक वडाहरुमा घर नम्वर राखिनेछ ।

– नगरपालिकाले गर्ने प्रत्येक कामका बारेमा सार्वजनिक गर्न नियमीत पत्रकार भेटघाट कार्यक्रम गर्ने ।

– स्थानीय पत्रकारहरुको अभिलेखिकरण गरी नगरबासीमा सहि सूचना प्रशारण गर्न प्रोत्साहन गर्ने ।

– नगरपानलिका भित्र बसोबास गर्ने समाजसेवी, बुद्धिजिवी, शिक्षक, दक्ष र विशेषज्ञ एवं राष्ट्र सेवकहरुको सल्लाह सुझावलाई स्वानगत गरी निवृत्त क्लव स्थापना गर्ने ।

– वर्षातको पानीलाई संकलन गर्न रेन वाटर हार्भेस्टिङ गरी सुख्खा मौसममा प्लास्टिक पोखरीहरु निर्माण गरि वितरण गरिनेछ ।

– नगरपालिकाभित्र बसोबास गर्ने अति विपन्न नागरिकहरुका लागि राहत स्वरुप पैसा नदिएर कुनै होटलमा दैनिक दुई छाक खानाको व्यवस्था गर्ने ।

– नगरपालिकाभित्रको जात्रा, मेलाहरुको संरक्षणकाम लागि दश लाखको अक्षय कोष स्थापना गर्ने ।

– तारकेश्वरमा स्थानीय सूचना प्रशारणका लागि एफ.एम. रेडियो सञ्चालन गरिनेछ ।

 

 

 

 गरिनेछ ।

v

 

Must View