नागरिक पोष्ट News


धर्म संस्कृति र परम्पराको रक्षा गरे देशको विकास हुने : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा

651

                                                                                                  फाइल फोटो

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले देश विकासको नयाँ अवधारणा अघि सारेका छन् । देशको विकास नभएको भन्दै जनताले बारम्बार असन्तुष्टि जनाउँदै आएका बेला उनले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर देशको विकास गर्न सकिने बताएका छन् । देश विकासको यही उपयुक्त बाटो भन्ने मान्यता बोकेर बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागिएको पनि बताए । अभियानलाई उनले ‘म्याराथन’ दौड भएको सामाजिक सञ्जाल ट्विटरमा आइतबार बिहान लेखेका छन् ।

थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्रसँग असन्तुष्टि जनाउँदै अलग भएर राप्रपा नेपालमा पुगेका नेता हुन् । उनले राजतन्त्रको एजेण्डा त्यागेका छन् । अहिले उनले राप्रपा नेपालबाट हिन्दु राष्ट्रको मात्रै एजेण्डा बोक्दै आएका छन् ।

Must View