नागरिक पोष्ट News


गठबन्धन मेयरका उम्मेद्धार लव कुमार बस्नेतको प्रतिवद्धता : १ वर्षभित्रमा तारकेश्वरका सबै वडाहरुमा स्वच्छ र सफा पिउन योग्य पानी सबैको घर–घरमा

2K

काठमाडौं - तारकेश्वर ९ मा आज माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त चुनावी सम्पर्क कार्यालय उद्घाटन भएको छ । शुभकामना चोकमा कार्यालय उद्घाटन माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले ब्यानर खोलेर कार्यालय उदघाटन गरेका छन् ।

आजको कार्यक्रममा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार लवकुमार बस्नेत, उपमेयरका उम्मेदवार धनलाल महर्जन र वडा अध्यक्षका उम्मेदवार मदनकुमार अधिकारीले आफ्नो प्रतिवद्धता मन्तव्य सुनाएका थिए ।

कार्यक्रममा बोल्दै मेयरका उम्मेद्धार लव कुमार बस्नेतले आफ्नो प्यानल विजय भएको १ वर्षभित्रमा तारकेश्वरका सबै वडाहरुमा स्वच्छ र सफा पिउन योग्य पानी सबैको घर–घरमा रेगुलर पु¥याउने । यदि त्यसो गर्न नसके जनताले हामीलाई कालोमोसो दलेर लखेट्न अनुरोध गरेका छन् ।

सुशासनयुक्त नगरपालिका निर्माण गरिनेछ । नगरपालिकामा एउटा हेल्प डेस्क स्थापना गरेर जनताको कामलाई १ जना कर्मचारीबाट नै सबै काम सम्पन्न गरिनेछ । अहिले भइरहेको भ्रष्टाचारलाई ५ वर्षभित्र निल गर्नेछौं ।

उपमेयरका उम्मेद्धार धनलाल महर्जनका अनुसार यो पाँच वर्षभित्र तारकेश्वरभित्र हजारौं मुद्धाहरु फैसला गर्न सकेका छैनन् । हामीले जितेको खण्डमा कुनैपनि मुद्धाहरु तत्काल फैसला गर्नेछौं । बजेट निर्माणलाई जनमुखी बनाउनेछौं । त्यस्तै वडा अध्यक्षका उम्मेद्धार मदनकुमार अधिकारीले आफ्नो प्यानललाई नै मतदान गरेर जिताउन सके समृद्ध वडा निर्माण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हिमाल शर्माले तारकेश्वरमा भएको गठबन्धनका उम्मेद्धारहरुलाई जिताएर यहाँ भइरहेको भ्रष्टाचार रोक्नलाई आग्रह गरेका छन् ।

Must View