नागरिक पोष्ट News


काठमाडौं महानगरपालिका–१६ को अध्यक्षमा पुनः रिजालको उम्मेदवारी

1.6K

काठमाडौं - नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिका–१६ को वडाअध्यक्षमा मुकुन्द रिजालले उम्मेदवारी दिएका छन् । यसअघि सफल वडा अध्यक्ष भएर आफ्नो कार्यकुशलता प्रस्तुत गरेका रिजालले दोस्रो कार्यकालका लागि पुनः वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ को सभापति समेत रहेका रिजालले वडा अध्यक्ष भएर जनताको सेवमा लोकप्रिय काम गर्दै आएको भन्दै चौतर्फी प्रशंसा भइरहेको छ । त्यसो त काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले समेत उनको कामको प्रशंसा गरेका थिए ।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेको रिजाल, काठमाडौं जिल्ला कार्यसमितिको तीन कार्यकाल सदस्य हुँदै अहिले दोश्रो कार्यकाल नेपाली कांग्रेस क्षेत्र नम्बर ७ को सभापति रहेका छन् ।

काठमाडौं महानगर १६ मा कांग्रेसको तर्फबाट अध्यक्ष मुकुन्द रिजालको प्यानलमा सदस्यहरु देबेन्द्र पाठक ,जितेन्द्र कुमार श्रेष्ठ ,आशा साक्य र टीका गहतराज ले उम्मेदवारी दिएका छन् ।

Must View