नागरिक पोष्ट News


तारकेश्वरमा एमालेको प्रचारप्रसार समिति संयोजकमा बलराम सिटौला चयन

2K

काठमाडौं - तारकेश्वर नगरपालिकामा नेकपा एमालेले आज एक कार्यक्रम गरेर १००१ सदस्यीय चुनाव परिचालन समिति घोषणा गरेको छ । युवा नेता तथा समाजसेवी सिताराम रेग्मीको संयोजकमा चुनाव परिचालन कमिटि गठन गरेको एमालेका युवा नेता बलराम सिटौलाले जानकारी दिनुभयो ।

चुनाव परिचालन समितिको सह–संयोजकमा एमाले काठमाडौं जिल्ला सचिवालय सदस्य विश्वनाथ लामिछाने रहनु भएको छ । त्यस्तै प्रचार–प्रसार कमिटीको संयोजकमा बलराम सिटौला रहेका छन् । सहसंयोजकमा पुकार तिमल्सेना, सचिवमा सन्तोष अर्याल, सहसचिवमा अनन्तमणी आचार्य र सदस्यहरुमा ११ ओटा वडाका आइटी प्रमुखहरु रहेका छन् ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य श्याम घिमिरे, काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौला लगायत जिल्ला कमिटी सदस्यहरु, नगर कमिटी सदस्यहरु र निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरु लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमले चुनावका लागि आर्थिक परिचालन समिति, स्वयमसेवक व्यवस्थापन समिति, जनवर्गिय व्यवस्थापन समिति (जबस) गठन गर्ने निर्णय गरेको छ । त्यस्तै कार्यालय व्यवस्थापन समितिमा अमृत थापा संयोजक रहेका छन् ।

Must View