नागरिक पोष्ट News


तारकेश्वरमा दोब्बर मत ल्याएर नेकपा एमालेले जित्छ :रामेश्वर बोहरा (मेयरका उम्मेदवार)

1.3K

काठमाडौं - स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिकामा नेकपा एमालेले कुल भोटको आधा भोट ल्याएर जित्ने मेयरका उम्मेदवार रामेश्वर बोहराले बताउनुभयो । कार्यकर्ता परिचालन तथा उम्मेदवार प्रशिक्षण कार्यक्रममा बोहराले अरु सबै पार्टी भन्दा दोब्बर भोट ल्याएर आफुले जित्ने बताएका छन् ।

उम्मेदवारहरुलाई चिया पसलमा धेरै गफ गरेर बस्ने होइन, टोल–टोलमा एमालेको नारा लिएर प्रचार प्रसारमा खटिन अनुरोध गरेका थिए । विपक्षीको योजना के छ भन्ने बुझेर उनिहरु भन्दा अगाडी आफ्ना कार्यक्रम लिएर जनताको घरमा जान आवश्यउक छ । सबैको घर–घरमा गएर भोट माग्न निर्देशन दिनुभयो ।

स्थानीय ठाउँको प्रतिष्ठित मानिसलाई परिचालन गरेर भोट माग्न एमाले कार्यकर्ता अब दैनिकी रुटिङ बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका कारण एमालेको भोट घट्ने सम्भावना नभएको बोहराले बताउनुभयो । तारकेश्वरमा एमालेले कुनैपनि उम्मेदवारले  आफ्नो लागि मात्र (एकल) भोट मागेको फेला परेमा कारवाही समेत गर्ने जनाएको छ ।

Must View