नागरिक पोष्ट News


तारकेश्वरमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हेर्नुहोस् सुचिसहित

2.6K

काठमाडौं - तारकेश्वर नगरपालिकामा वैशाख ११ र १२ गते स्थानीय जनप्रतिनिधिका लागि नाम मनोनयन गरेकाहरुको अन्तिम नामावली प्रकाशन भएको छ । तारकेश्वरमा १९ जनाले मेयरमा उम्मेदवारी दिएका थिए भने आज ३ जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ताबारे हामीले धेरैपटक सम्पर्क गर्दा पनि कसैको पनि फोन उठेन ।

तारकेश्वर नगरपालिकामा नगर प्रमुख पदका लागि एमालेबाट रामेश्जर बोहरा, नेपाली काँग्रेसबाट कृष्णहरि महर्जन, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनबाट लवकुमार बस्नेत मैदानमा उत्रिएका छन् । त्यस्तै नेपाली काँग्रेस वि.पि.बाट विष्णुप्रसाद ढकाल, नेपाल मजदुर किसान पार्टीबाट श्रीकुमार महर्जन, विवेकशील साझा पार्टीबाट महेसजंग कुँवर, राप्रपाबाट बस्नत कुमार बस्नेत, जनता समाजवादी पार्टीबाट बाबुराम लामा, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)बाट मिमलाल खड्गी, नेपालका लागि नेपाली पार्टीबाट मोज राज बगाले र स्वतन्त्रबाट यमुनादेवि सापकोटा, निरा अधिकारी, स्वयम्बर खड्का, दुर्गबहादुर थापा मगर, सुदर्शन जमकट्टेल र रामहरि खड्काले उम्मेदवारी दिएका छन् ।

उपमेयरमा नेमकिपाबाट इन्द्रकुमारी बज्राचार्य, राप्रपाबाट सीमा राजवाहक, नेकपा एमालेबाट भवानी डोटेल धिताल, नेपाली काँग्रेसबाट सृजना बुर्लाकोटी र नेकपा माओवादी केन्द्रबाट धनलाल महर्जनले उम्मेदवारी दिएका छन् । त्यस्तै ११ वडाका जनप्रतिनिधिहरुको अन्तिम नामावली यसुप्रकार रहेको छ ।

जसमा वडा नं. १ बाट ५ जनामा २३ जना उम्मेदवारी दर्ता गरेका छन् । वडा नं. २ मा २४ जना, वडा नं. ३ मा २७ जना रहेका छन् । वडा नं. ४ मा २२ जना रहेका छन् । वडा नं. ५ मा २२ जना, वडा नं. ६ मा २४ जना रहेका छन् । वडा नं. ७ मा २३ जना रहेका छन् । वडा नं. ८ मा १९ जना रहेका छन् । वडा नं. ९ मा २४ जना रहेका छन् । वडा नं. १० मा पनि २४ जना नै रहेका छन् भने वडा नं. ११ मा १९ जना रहेका छन् । टोटललमा अन्तिम नामावली प्रकाशन गर्दा ६२ जनाले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

महिला वडा सदस्यमा ५० जनाले नाम दर्ता गरेका छन् । दलित महिला वडा सदस्य ४१ जना रहेका छन् । खुल्ला सदस्य २ जनामा ९८ जना रहेका छन् । तारकेश्वरमा मेयर सहित वडा सदस्य गरी १३ जनाले नाम फिर्ता लिएका छन् । मेयरका स्वतन्त्र उम्मेदवारहरुमा ध्रुवराज खड्का, सुदन फुयाँल, राजेन्द्र प्रसाद तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

             

 

Must View