नागरिक पोष्ट News


वडाध्यक्षलाई प्राप्त हुने कुनै सेवासुविधा र भत्ता लिन्न – लक्ष्मी बहादुर नगरकोटी

1.5K

काठमाण्डौँ - आसन्न स्थानीय तहको निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिका ९ बाट नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका लक्ष्मी बहादुर नगरकोटीले आफू वडाध्यक्षमा निर्वाचित भए वडा अध्यक्षको हैसियबाट प्राप्त गर्ने कुनै पनि सेवा सुविधा र भत्ताहरु आफूले नलिने घोषणा गरेका छन्।

प्रणाम खबर संग कुराकानी गर्दै उनले वडा भित्र कै प्रतिष्ठित व्यक्तित्वहरुको समिति बनाएर एक आकष्मिक कोष खडा गरी गरिब, दिनदुःखी, अपाङ्ग, दिर्घ रोगी र बृद्वबृद्वाहरुको उपचार खर्चमा खर्च गर्ने जानकारी दिएका हुन्।

विगत २०७४ को निर्वाचनमा समेत वडाध्यक्षको उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका आत्माराम थापाले चुनाव जितेपछि पछि नगरपालिकाको बोर्ड सदस्यमा मनोनित भएका थिए। राजनीति गरेर पैसा कमाउने आआफ्नो कुनै सोच नरहेको भन्दै उनले पैसा कमाउनका लागि आफूलाई अन्य बाटोहरु रहेको र राजनीति विशुद्ध समाजसेवामा लगाउने बताए।

Must View