नागरिक पोष्ट News


पाेखरा २६ मा नियमित  घरदैलाे कार्यक्रम जारी 

2.9K

ऋषिराम दाहाल , कास्की - पाेखरा २६का नेकपा एमाले उम्मेदवारले क्षेत्रबाट घरदैलाे कार्यक्रम सुरु  गरेका छन् ।नेकपा एमाले संगठन प्रमुख खगराज अधिकारी ले जसरी भए पनि एमाले नै जिताउन र गठबन्धन काे अाैचित्य नभएको बताए ।  चुनाव प्रचार प्रचार समिति संयाेजक रामचन्द्र तिमिल्सिना ने अब सूर्य ध्वाजाबाहक ५जनालाईनि जिताउने बताए ।

चुनाव प्रचारप्रसार समिति संयाेजक तथा पाेखरा २६ वडा कमिटी अध्यक्ष  रामचन्द्र तिमिल्सिना नेतृत्वमा भएकाे घरदैलाे कार्यक्रममा आसन्न बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचन सात सूर्यमा सात छाप लगाई पाेखरा महानगरपालिकाका मेयरकाे उम्मेदवार  कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नम्वर २६ का वडाध्यक्षका उम्मेदवार सूर्य नाथ भण्डारी सदस्यमा धुर्व थापा बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र  सर्मिला  सुनारलाई अत्यधिक बहुमतले विजयी गराउन अनुराेध गरेका छन् ।

जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टाेल कमिटीका अध्यक्ष  राजु अधिकारी तथा पदाधिकारीहरुकाे सकृय सहभागिता रहेकाे थियाे ।अाज दाेस्रो दिन नयाँ बस्ती ,पाैडेल थर ,   थापाथर लगायत ठाउँमा घर दैलाे गरेका छन् ।घर दैलाेमा स्थानीय  बासिन्दा ९२बर्षिय रामबहादुर थापाले जनताको मन मन बस्न र हामी बुढा बुढिलाई पाल्ने पार्टी एमाले भएको भन्दै  सूर्य मा भाेट गर्ने बताए ।

Must View