नागरिक पोष्ट News


राजधानीसंग जोडिएर पनि उपेक्षामा परेको ककनीलाई नमुना पालिका  बनाउने योजना सहित चुनाबी मैदानमा आएको छु -  अध्यक्षका उमेद्वार नवराज घिमिरे 

4.6K

नुवाकोट - यतिबेला देश नै चुनाबी माहोलले तातेको छ ।  बैसाख ३० गते हुने आसन्न  स्थानीय तहको निर्बाचनमा उमेद्वारी घोषणा संगै यतिबेला सबै उमेद्वार भोट माग्न घरघरमा पुगिरहेका छन् । देशभरि सत्तारुढ ५ दलको गठबन्धन भएपनि ककनीको माहोल भने यति बेला अलि फरक देखिएको छ ।  सबै दलहरु छुट्टा छुट्टै आफ्नो चुनाबी यजेण्डा मार्फत जनताको मन जित्ने प्रयासमा छन् । सरसरी अहिलेको माहोल हेर्दा यस अघि नेकपा माओबादी केन्द्रले जितेको ककनी गाउपलिकमा चार राजनीतिक दल बीच कडा प्रतिस्पर्धा हुने पक्का पक्कि नै देखिएको छ। 

नेकपा एमालेका उमेद्वार काशीराज अधिकारि , कांग्रेसका उमेद्वार नवराज घिमिरे , राप्रपाका  उमेद्वार तेज लामा र माओबादीका उमेद्वार सुमन तामाङ्ग बीच  प्रतिस्पर्ध हुने आंकलन गरिएको छ । बलियो राजनीतिक संगठन बोकेको कांग्रेसका सशक्त उमेद्वार नवराज घिमिरे यो दौडका प्रमुख पत्र हुन् ।सशस्त्र युद्दको समय  देखि  बिगतका निर्बाचनमा समेत नभडिएको कांग्रेसको बलियो संगठन त्यसमाथि युवा पुस्ताका लोकप्रिय उमेद्वारका कारण पनि पालिकामा कांग्रेसको नेतृत्व सहजै हाता पर्ने कांग्रेसका कार्यकर्ताहरुको दाबि छ । 

स्थानीय रुपमा राम्रो छबि भएका घिमिरे लामो समयदेखि विभिन्न सामाजिक क्रियाकलाप संगै भुगॉलको राजनीतिमा भिजेका नेताको रुपमा चिनिन्छन ।  कांग्रेस भित्रको गुठगत राजनीतिको घोर बिरोध गर्दै योग्यता दक्षता र पार्टीलाई पुर्याएको योगदानको हिसाबले सबैले समान अवसर  पाउनुपर्ने ओकालत गर्दै आएका घिमिरे नेपाली कांग्रेस नुवाकोटको जिल्ला कमिटि सदस्य समेत हुन् । 

आफुसंग ककनिलाई सम्बृद्ध र समुन्नत बनाउने बनाउने योजना आफुसंग भयो भन्दै उक्त योजनालाई मूर्तता दिन आफुलाई  मतदान गरि बिजयी  गराउन घिमिरेले आग्रह गरेका छन्।  के के  छन समुन्नत ककनी बनाउने नेपाली कांग्रेसका ककनी गाउपलिकाका उमेद्वार नवराज  घिमिरेका योजनाहरु :     

Must View