नेप्से २० अंकले ओरालो लाग्यो
1K
काठमाडौं - यस साताको अन्तिम कारोबार दिन हिबिबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १९.९७ अंकले घटेर २३५६.१७ अंकमा पुगेको छ ।।
मंगलबार २२६ कम्पनीको ४५ लाख ७४ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । ठुला कम्पनिको उपसूचक ४.३२ अंकले घटेर ४५०.२४ अंकमा कायम रहेको छ । यो अघिल्लो दिनको तुलनामा ०.९५ प्रतिशतले कम हो ।
१३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार घटेको छ भने यस्तै यस दिन सबै भन्दा धेरै जीवन बीमा कम्पनी समूहको कारोबार १५५.२८ अंकले घटेर १२५९०.८२ अंकमा पुगेको छ ।