हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
798
काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अगामी जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका हुन् । त्यस्तै, मन्त्री कार्कीले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको समेत जानकारी दिए ।