नागरिक पोष्ट News


टोखा नगरपालिकाको मेयरमा १४ जनाको उम्मेदवारी

1.3K

काठमाडौं - काठमाडौंको टोखा नगरपालिकामा मेयरको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट मेयर पदका लागि १४ जनाको उम्मेदवारी परेको हो ।

टोखा नगरको निर्वाचन अधिकृत सविता शर्माले मेयर, उपमेरसहित २५१ जनाको उम्मेदवारी परेको राससलाई जानकारी दिइन् । उनका अनुसार नगर उपमेयरमा ६, वडाध्यक्षमा ५८ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, वडा सदस्यमा ९७, महिला वडा सदस्यमा ४४ र दलित महिला सदस्यमा ३२ जनाको उम्मेदवारी परेको शर्माले बताइन् । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट प्रकाश अधिकारी मेयर र ज्ञानमाया डङ्गोल उपमेयरमा निर्वाचित भएका थिए ।

हाल नेकपा (एमाले) बाट वर्तमान मेयर अधिकारी र उपमेयर डङ्गोलको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसको तर्फबाट मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।साविकको गोङ्गबु, धापासी, टोखा, झोर महाङ्काल गाउँ विकास समितिलाई समावेश गरेर स्थापना गरिएको टोखामा हाल ११ वडा रहेका छन् ।

Must View