नागरिक पोष्ट News


सम्बृद्ध ककनी गाउपलिकाका लागि  यसकारण आबस्यक छ काशीराज अधिकारीको नेतृत्व  ( योजना सहित )

3.4K

नागरिकपोष्ट संवाददाता, नुवाकोट - अहिले स्थानिय तहको निर्वाचनको सरगर्मीले सबैलाई तताएको छ।  यहि मिति २०७९ बैशाख ३० मा हुने  संघियता पश्चातको दोश्रो कार्यकालको स्थानीय तहको निर्बाचनका लागि उमेद्वारी दर्ता संगै यतिबेला आफ्ना घोषणा पत्र र प्रतिबद्दता पत्र सहित जनताको मन जित्ने काममा उमेद्वारहरु दौड धुपमा छन् । यहि क्रममा काठमाडौँको छिमेकी जिल्ला नुवाकोटको ककनी गाउपालिकामा  सशक्त र अध्यक्षको प्रबल दाबेदारको रुपमा उभिएका छन् नेकपा एमालेका जिल्ला कमिटीका उप सचिब समेत रहेका काशीराज अधिकारी ।  जनताको बिचमा लोकप्रियता संगै थुप्रै सामाजिक काम मार्फत जिल्लाबासीका मन जितेका अधिकारीले गाउपलिकमा आफुलाई बलियो उमेद्वारको रुपमा उभ्याएका छन्  ।    

आर्थिक पारदर्शिता संगै असल आचरण भएको सामाजिक व्यक्तित्वको रुपमा  छवि बनाउनु भएका  अधिकारी  हाल भूगोलको राजनीतिमा जनता सामु भिजेका जनताका लोकप्रिय नेता समेत हुन् ।  देश बिकासका लागि वडा हुदै गाउपलिका  देखि  बिकासको मूल फुट्नु पर्ने मान्यतालाई अब भने यथार्थमा कार्यान्वन हुनुपर्ने गाउपलिका प्रमुखका प्रत्यासी अधिकारीको  बुझाई छ।  ककनी गाउपलिकाको बिकासका लागि पार्टीको घोषणापत्र संगै  आफ्नो छुट्टै योजना तथा कार्यक्रम  रहेको उमेद्वार अधिकारीले ले नागरिक पोस्टसंग  बताउनु भयो।

 

जतनाको दैनिकी र  जनजीविका संग प्रत्यक्ष सरोकार राख्ने कुरामा आम गाउपलिका बासीले सरल र सहज रुपमा सेवा पाउनु पर्ने प्रस्ट धारणा रहेका अधिकारीले गाउपलिका भित्र २  ओटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, प्रयोगशाला स्थापना, गर्भवतिलाई निःशुल्क क्यालसियम चक्कि वितरण, जेष्ठनागरीकलाई निःशुल्क स्वास्थ्य सेवा जस्ता नेपालमै पहिलो नमुना उत्कृष्ट कामको शुरुवात गरी स्थानियको मात्र नभई राष्ट्रिय स्तरमै सबैको मन जिती नमुना काम गर्ने वहाको योजना छ  ।

ककनी गाउपलिकाले  आगामी निर्वाचनमा जनताका बीच लोकप्रिय र टेस्ट नभएको फ्रेस  अनुहार खोजेको हुदा यसको प्रतक्ष फाइदा सामाजिक व्यक्तित्व अधिकारीका  लागी फलदायी हुने विश्वास उहाँकोे छ । अधिकारी  गाउँ पालिकाको अहिले भद्रगोल अबस्थामा  विकासको बैज्ञानिक मिसन भएका बलिया उम्मेदवार हुनुहुन्छ । आफुले यस  नेतृत्व गर्न पाएको खण्डमा नर्सरि देखि स्नातककोत्तर तहसम्म नगर भरिनै निःशुल्क शिक्षा प्रदान गर्ने उहाँको योजना रहेको छ । स्थानीय सरकार नागरवासीको स्वास्थ्य प्रति विशेष जिम्मेवार हुनु पर्ने उहाँको तर्क छ । यही कुरालाई मध्यनजर राख्दै आफ्ना नागरिक ई निःशुल्क जीवन विमा र निशुल्क स्वास्थ्य बीमामा १०० % अनुदान उपलब्ध गराउने, सुविधा सम्पन्न विशेषज्ञ सहितको ५० बेडको अस्पताल निर्माण गरी सबै  गाउपलिकालाई  सम्पुर्ण स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने   उहाँको योजना रहेकको छ । 

बदलिदो परिवेशमा सुचना प्रविधीमा आम नागरिकको पहुच स्थापित गर्न सम्पुर्ण गाउपलिका क्षेत्र भरि नै निशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउने उहाँको लक्ष्य छ । सार्वजनिक स्थल, चोक तथा मुख्य मुख्य विकासोन्मुख सहरका  भित्री टोलहरुमा समेत सिसी क्यामेरा जडान गरी नागरिकलाई सुरक्षाको प्रत्याभुति दिने उहाँको योजना छ । गाउपलिका भरी नै निःशुल्क खानेपानी प्रदान, आबस्यकता हेरी  निशुल्क सडक बत्ती जडान लगायतका जनताको  जनजिवीकासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा उहाँको प्रतिवद्धता रहेको छ । 

बिसेष गरी बारम्बार किचलो र बिबाद हुने ककनी स्थित सिसडोल ल्याण्ड फिल्ड साइडको बैज्ञानिक ब्यबस्थापनका लागि काठमाडौँ , भक्तपुर र ललितपुरका सबै नगरपालिका तथा महानगर संगको सहकार्यमा सबैकुरा सिस्टमेटिक तबरमा हुने परिपाटीको विकास गरी कुनै पनि दिन विवादको अबस्था आउन नदिने ठोस कार्यक्रम आफुसंग रहेको वहाको दाबी छ। फोहोरको नाममा भएको चरम भ्रस्टाचारको अन्त्य गर्दै बिकासका लागि आउने सतप्रतिसत बजेट पिडित भेगका स्थानीयको जनजीविका उकास्न र फोहोरमैला प्रभावित भेगको बिकासमा खर्च गर्ने प्रतिबद्दता वहाको छ। 

 

निशुल्क प्राविधिक शिक्षा मार्फत दक्ष जनशक्ति  उत्पादन गरी गाउपलिका भित्रै रोजगारी सृजना गर्ने, कृर्षी र पर्यटन व्यवसायलाई प्रबर्धन  गर्न अनुदानमा आधारित विशेष कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रसेवक कर्मचारी, शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका र सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई जीवन विमा र स्वास्थ्य विमाको नियमित प्रीमियम उपलब्ध गराउने उहाँको महत्वकाक्षी योजना रहेको छ । आन्तरिक तथा बह्या पर्यटनको पर्बधनका लागि संभावनाको खोजि गरी अहिले को अबस्थालाई ब्यबस्थित गर्दै हरेक बर्ष १० लाख पर्यटक ककनी भित्र्याउने वहाको महत्वकांक्षी योजना छ। 

ककनी गाउ पालिकालाई स्मार्ट गाउपलिका को रुपमा बिकास गरी पाँच वर्ष भित्रमा सम्पुर्ण गाउपलिका भित्रका मुख्य तथा सहायक सडकहरु, चोक तथा भित्री गल्लीहरुमा आवश्यकता अनुसार कालो पत्रे, ढलान तथा व्लक विछ्याउने अधिकारीको  योजना छ । प्रत्येक वडामा निशुल्क एम्बुलेन्स तथा शबबहानको व्यवस्था गर्ने, राज्यले उपलब्ध गराएको समाजिक सुरक्षा भत्तामा गाउपलिका को तर्फबाट पचास प्रतिशत थप गरी घर घरमै पुगेर रकम भुक्तानी गराउने जस्ता लोकप्रीय तथा लोक कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने उहाँको प्रतिवद्धता रहेको छ । 

ककनी गाउपलिका  भित्र खेलकुदको विकास, महिला शशक्तिकरण, आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन, धार्मिक, सास्कृतिक तथा ऐतिहासिक सम्पदाको सरक्षण तथा प्रवद्र्धन, खोला, सार्वजनिक जग्गा, मठमन्दिर, पाटीपौवा तथा घाट सरक्षण, स्थानीय वाजा संरक्षण, जनजाति उत्थान तथा प्राकृतिक सम्पदाको् सरक्षण, चाडपर्व, धार्मिक मेलाको प्रवद्र्धन तथा सरक्षण गरी गाउपलिका वासिलाई सास्कृतिक एकताको सुत्रमा बाध्ने अधिकारीको योजना छ । 

यी सबै योजनाहरुलाई मुर्तता दिदै ककनी गाउपलिका लाई समृद्ध  बनाउन आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो अमुल्य मत दिई गौपलिका  प्रमुखको रुपमा आफुलाई निर्वाचित गराउन अधिकारीले ककनीवासिलाई आग्रह गर्नु हुन्छ । सामाजिक व्यक्तित्वको  रुपमा आफुले गरेका सबै कामहरु ककनी वासिले अनुभुति गरिसक्नु भएको भन्दै अधिकारीले  थप योजना तथा कार्यक्रमहरुमार्फत ककनीवासिलाई सम्पुर्ण सेवा सुविधाहरु उपभोग गर्न आगामी निर्वाचनमा  सुर्य चिन्हमा अत्याधिक मत दिएर निर्वाचित गराउन आग्रह गर्नुहुन्छ । 

गाउपलिकाको प्रमुख  सहित  उपप्रमुख , नगरी कमिटिका अन्य पधाधिकारी , वडा अध्यक्ष तथा  सदस्य भूगोल , जात तथा समग्र समुदायको प्रतिनिधित्व गर्दै निर्बाचनमा खडा गरेको बताउदै नगर प्रमुखका दाबेदार अधिकारीले सबै उमेद्वारलाई सुर्य चिन्हमा मतदान गरी निर्बाचित गराउन आग्रह समेत गर्नु भयो । 

Must View