नेप्से १५.०२ अंकले घट्दा १ अर्ब ४ करोड ६० लाख बढिको कारोबार
1.1K
काठमाडौं - यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १५.०२ अंकले घटेर २३७०.९९ अंकमा पुगेको छ ।
मंगलबार २२८ कम्पनीको ३४ लाख १९ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । ठुला कम्पनिको उपसूचक १.७४ अंकले घटेर ४५२.९५ अंकमा कायम रहेको छ । यो अघिल्लो दिनको तुलनामा ०.३८ प्रतिशतले कम हो ।
१३ समुहका कम्पनीको उपसूचक मध्ये ११ समुहका कम्पनीका कारोबार घटेको छ भने २ कम्पनीको कारोबार बढेको छ । यस्तै यस दिन सबै भन्दा धेरै र्निजीवन बीमा कम्पनी समूहको कारोबार १००.१६ अंकले घटेर १०७११.६८ अंकमा पुगेको छ ।