नागरिक पोष्ट News


कांग्रेसबाट ललितपुर महानगरको मेयरमा चिरिबाबु महर्जन उम्मेदवार

1K

काठमाडौँ - वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले ललितपुर महानरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई टिकट दिएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले ललितपुर महानगरको मेयरमा महर्जनलाई उठाउने निर्णय गरेको हो । 

०७४ सालको निर्वाचनमा पनि निर्वाचित भएका थिए। महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका थिए भने एमालेका हरिकृष्ण व्यञ्जनकार २४ हजार ३ सय १६ मत ल्याएर झिनो मतान्तरले पराजित भएका थिए । 

माओवादीका दिनेश महर्जनले १० हजार ६ सय ६१ मत मात्रै ल्याउँदा स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४ सय ५८ मत ल्याएका थिए । यता, साविक बाबुराम नेतृत्वको नयाँ शक्तिका मदन महर्जनले ७ सय ७९ मत मात्र पाएका थिए ।

 

Must View