नागरिक पोष्ट News


स्थानीय समाजसेवी श्री महेश जङ्ग कुवरले बिबेकशील साझा पार्टी बाट उम्मेदवारी दर्ता

1.8K

काठमाडौं - तारकेश्वर नगरपालिकाको मेयर पदको प्रत्यासीको रुपमा स्थानीय समाजसेवी श्री महेश जङ्ग कुवरले बिबेकशील साझा पार्टी बाट उम्मेदवारी दर्ता गराएका हुन् ।  विगत दुई दशक भन्दा लामो समय देखी निरन्तर सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्ति महेश जंग कुँवरले मेयर पदको लागि तारकेश्वर नगरपालिका बाट विवेकशिल साझा पार्टी मार्फत आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।

कुवँरको पृष्ठभूमि हेर्ने हो भने उनी राजनितिज्ञ भन्दा बढी समाजसेवी हुन् । विगत लामो समय देखी उनी राष्ट्रिय नागरीक विकास समाज नामक सामाजिक संस्थामा अध्यक्षका पदमा कार्यरत रहि आएका छन् । तारकेश्वर नगरपालिका अन्तर्गत शाङ्गला मा जन्मेका कुँवर युवा अवस्थाबाट नै समाज सेवामा होमिएका हुन् ।

कुवँरले २०७२ सालको महा भूकम्पमा विभिन्न संस्थामा आवद्ध भई घाइते तथा घरबार विहिन परिवारलाई उपचार , लत्ता कपडा, खाद्यान्नको व्यवस्था गर्नुको साथै पिडितलाई उद्दार गर्नको निमित्त दिनरात खटेका थिए । आफ्नो संस्था मार्फत वार्षिक रुपमा समाजमा अतुलनीय योगदान पु्याउने व्यक्तिहरुलाई उहाँहरुको योगदानको मुल्याङ्कन गरी सम्मान गर्ने कार्य समेत कुँवरले गर्दै आएका छन् । सामाजिक क्षेत्रमा महेश जंग कुँवरको नाम अग्र पंक्तिमा रही आएको छ ।

उनले कोभिड १९ कोरोना भाइरसको महामारीको समयमा समेत पिडितहरुलाई ठूलो राहत दिएका छन् । दैनिक ज्याला गरी खाने मजदुरहरुलाई प्रतयेक  दिन रत्नपार्क लगाएतका अन्य ठाउँमा बिहान बेलुकीको खानाको व्यवस्था मिलाउने देखि उपचारको लागि समेत आफै खटिएका थिए । त्यती मात्र होईन कोभिडमा तारकेश्वर नगरपालिकालाई निशुल्क एम्बुलेन्स र स्वास्थ्य सामाग्री हस्तान्तरण समेत कुवँरले गरेका थिए । 

उनले पिडित ,अपाङ्गता भएका बालबालिकाको शिक्षाको क्षेत्रमा शैक्षिक सामाग्री, लत्ताकपडा लगाएतका सामाग्री वार्षिक रुपमा वितरण गर्दै आइरहेका छन् । सामाजिक पक्ष मात्र नभएर उनी सांस्कृतिक सम्पदा जोगाउनमा पनि उत्तिनै अग्रसर रही आएका छन् । आफ्नो व्यक्तिगत तर्फबाटै उनले शाङ्गलामा सार्वजनिक खाने पानि र मन्दिर बनाएका छन् । सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिले नै समाज बुझेको हुन्छ । समाजमा भएका अभावलाई पुरा गर्नको निमित्त आफुले विवेकशिल साझा पार्टि मार्फत मेयर पदको लागि आफ्नो उम्मेद्वारी दर्ता गराएका कुवँरले नागरिकपोष्ट सँग बताउनु भयो  ।

Must View